नर्थ क्यारोलिनामा सयौं कागजपत्रविहिन पक्राउ, अध्यागमन जेलमा २९२ नेपाली - KHASOKHAS

नर्थ क्यारोलिनामा सयौं कागजपत्रविहिन पक्राउ, अध्यागमन जेलमा २९२ नेपाली

स्थानीय कानुन कार्यान्वयन निकायहरुले समन्वय नगरेपछि नर्थ क्यारोलिनामा सयौं कागजपत्रविहिनहरुलाई पक्राउ गरिएको आइसले जनाएको छ । आइससँग समन्वयन नगर्ने स्थानीय सरकारको नीतिका कारण सयौंलाई पक्राउ गर्नु परेको आइसले जनाएको छ ।

यो सातामात्र आइसका अधिकारीहरुले नर्थ क्यारोलिनामा २ सय जना कागजपत्रविहिनहरुलाई पक्राउ गरेका छन् । सानफोर्डमा अरु २५ जनालाई नियन्त्रणमा लिइएको आइसले जनाएको छ ।

पक्राउ पर्नेहरु कुन कुन देशका हुन् भन्नेबारे आइसले केही खुलाएको छैन । यद्यपी हाल आइसले संचालन गरेका अध्यागमन जेलहरुमा २९२ नेपालीहरुलाई राखिएको आइसले जनाएको छ ।

शनिबार, माघ २६, २०७५ मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित सामाग्री

WP Facebook Auto Publish Powered By : XYZScripts.com