अमेरिकी सिमाक्षेत्रमा आइपुगे १८ सय आप्रवासी, हरेक दिन बढीमा २० जनाको प्रकृया


प्रकाशित मिति : माघ २४, २०७५ बिहीबार

अमेरिकाको टेक्सासमा रहेको इगल पास सिमाक्षेत्रमा मंगलबारमात्र १८ सय भन्दा धेरै कागजपत्रविहिन आप्रवासीहरु आइपुगेका छन् । तर इगल पासमा बोर्डर एजेन्टहरुले दिनमा बढीमा २० जना आप्रवासीहरुको मात्र एसाइलम प्रकृया गर्नसक्ने जनाएका छन् ।

मेक्सिकोको पेड्रास नेग्रासमा आएका १८ सय बढी आप्रवासीहरुले अब त्यहाँ एसाइलम प्रकृयाका लागि ६ महिनासम्म समेत कुनुपर्ने अवस्था आउनसक्ने देखिएको छ । किनभने त्यहाँ एसाइलमको पहिलो चरण क्रेडिबल फियर अन्तरवार्ताका लागि एसाइलम अफिसरहरु थप्ने कुने योजना समेत रहेको छैन ।

ट्रम्प प्रशासनसले इगल पासमा सिमा सुरक्षाका लागि थप २५० जना सिमा रक्षकहरु पठाउने भएको छ । क्यालिफोर्नियाको सान यिसिद्रो पोर्ट अफ इन्ट्रीबाट आप्रवासीको एसाइलम प्रकृया बढाउनका लागि हरेक दिन बढीमा ४० जनासम्मलाईमात्र टिवानाबाट पोर्ट अफ इन्ट्रीमा जान दिइएको छ ।

हालैमात्र सान यिसिद्रो पोर्ट अफ इन्ट्रीबाट आप्रवासीहरुलाई एसाइलम सुनुवाईसम्मका लागि मेक्सिकोमा फिर्ता पठाउन समेत सुरुवात गरिएको छ । जहाँ उनीहरुले अदालती सुनुवाईसम्म महिनौं कुर्नुपर्ने अवस्था समेत आउनसक्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com