महिलाको योनी छेदन प्रचलनबिरुद्ध युएससीआईएस, दोषीले अध्यागमन परिस्थीति झेल्नुपर्ने


प्रकाशित मिति : माघ २४, २०७५ बिहीबार

अमेरिकी सरकारका युएससीआईएस लगायतका विभिन्न सरकारी एजेन्सीहरु र अन्तर्राष्ट्रिय समुदायले महिलाको योनी छेदन प्रचलन अन्त्य गर्न माग गरेका छन् । फरबरी ६ लाई महिलाको योनी छेदन सम्बन्धि शुन्य सहनशिलता अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउने क्रममा यस्तो प्रचलन अन्त्यको माग गरिएको हो ।

अफ्रिका, एसिया र मध्यपूर्वका कतिपय देशहरुमा कतिपय समुदायहरुमा योनी छेदन सामान्य प्रकृयाका रुपमा लिने गरिन्छ । छोरीहरु जन्मेपछि किशोर अवस्थासम्म पुग्ने बेलामा परम्परागत ब्लेडको प्रयोग गरेर योनीको केही भाग काट्ने एकप्रकारको परम्परा कायम रहेको छ ।

युनिसेफका अनुशार अहिले जिवित रहेका २७ अफ्रिकी देशहरुसहित इन्डोनेशिया, इराकी कुर्दिस्तान र यमनका २ सय मिलियन महिलाहरुले यो प्रकृया पूरा गरेका छन् । अधिकांशको पाँचबर्ष उमेर पुग्नुभन्दा अगाडि नै ब्लेडको प्रयोग गरेर योनीको केहीभाग काटिन्छ ।

कुनै पनि स्वास्थ्यको कारण विना यसरी योनीको भाग काट्नु मानव अधिकारको हनन भएको युएससीआईएसले जनाएको छ । अमेरिकामा पनि झण्डै ५ लाख केटीहरु यो प्रकृयाको जोखिममा रहेको जनाइएको छ । अमेरिकामा पनि यस्तो काम भइरहेको र संघीय कानुन अनुशार यो अपराध रहेको युएससीआईएसको भनाई छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बालिकाहरुको योनीको भाग काट्ने काम गरिएमा यो बाल दुब्र्यबहार हुने र त्यस्तो अपराध गर्नेहरुले जेलको सामना गर्ने युएससीआईएसले जनाएको छ । यदि कसैले त्यस्तो काम गरेमा अध्यागमन परिस्थीति झेल्नुपर्ने युएससीआईएसले चेतावनी दिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com