बाल्यकालमा अमेरिका ल्याएपछि सेलिब्रेटी बनेका युवा देशनिकालाको प्रकृयामा
प्रकाशित मिति : माघ २२, २०७५ मंगलबार
उनलाई १२ बर्षको उमेरमा भिजिटर भिसामा अमेरिका ल्याइएको थियो । उनी अमेरिकामा नै हुर्के, बढे र पढे । अहिले ग्रयामी अवार्ड नोमिनेटेड कलाकार बनेका छन् । तर उनी बाल्यकालमा अमेरिका आएर भिसा सकिएपछि बसेको भन्दै अहिले देशनिकालाको प्रकृयामा छन् ।
बेलायती नागरिक तथा अमेरिकाका र्यापर ट्वान्टी वान स्याभेजलाई एटलान्टाबाट अमेरिकी अध्यागमनले पक्राउ गरी हिराशतमा राखेको छ । अहिलेसम्म उनी अध्यागमनको हिराशतमा राखिएको हाई प्रोफाइल आप्रवासी हुन् ।

उनको यु भिसाको आवेदन अनिर्णित रहेको अवस्थामा उनलाई पक्राउ गर्नु गलत रहेको कानुन व्यवसायीहरुले बताएका छन् । सन् २००५ मा उनलाई उनका परिवारले १२ बर्षको उमेरमा अमेरिका ल्याएको एकबर्षमा उनको भिसा सकिएको थियो । आगामी आइतबार लस एन्जलसमा हुने ग्रयामी अवार्डका लागि उनी दुई विधामा नोमिनेशनमा परेका छन् । हाल उनी २६ बर्षका छन् ।







