अमेरिकन नागरिकता लिनका लागि खराब र उत्कृष्ट सिटीहरु


प्रकाशित मिति : माघ २२, २०७५ मंगलबार

बाउण्डलेस इमिग्रेशनले प्रकाशित गरेको ताजा रिपोर्टमा अमेरिकामा नागरिकता आवेदनका लागि उत्कृष्ट र खराब सिटीहरुको सुची सार्वजनिक गरिएको छ । अमेरिकी अध्यागमन नीति, कानुन र अभ्यास राष्ट्रिय भएपनि विभिन्न मापदण्डका कारण अमेरिकी नागरिकता लिन सहज हुने र असहज हुने सिटीहरुको बर्गिकरण गरिएको छ ।

नागरिकता प्राप्त गर्नका लागि लाग्ने समय, प्रतिक्षा अवधि र अन्तरवार्ताका लागि जानुपर्ने युएससीआईएसको फिल्ड अफिसको दुरी लगायतका मापदण्डका आधारमा सुची तयार गरिएको हो । सोमबार शियाटलमा रहेको स्टार्ट अप कम्पनीले यसबारेमा विस्तृत रिपोर्ट प्रकाशित गरेको हो ।

सबैभन्दा उत्कृष्ट सिटीहरुमा ओहायोको क्लीभल्याण्ड र इलेरिया परेको छ भने दोश्रोमा क्यालिफोर्नियाको रिभरसाइड, सान बर्नान्डिनो र ओन्टारियो परेका छन् । ओहायोको क्लीभल्याण्ड र इलेरियामा औषतमा ४ महिना लाग्ने गरेको छ भने क्यालिफोर्नियाको रिभरसाइड, सान बर्नान्डिनो र ओन्टारियामा औषतमा ५ महिना लाग्ने गरेको छ । केन्टकीको लुईभिल र जेफर्सन तेश्रो नम्बरमा परेको छ, जहाँ औषतमा ५ महिना लाग्ने गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्युयोर्क, नेवार्क र जर्सी सिटी ६४ औं नम्बरमा रहेको छ, जहाँ औषतमा १० महिना लाग्ने गरेको छ । सबैभन्दा खराब टेक्सासको अस्टिन र राउण्डरक रहेको छ । यहाँ नागरिकताका लागि १७ महिनाभन्दा बढी लाग्ने गरेको छ ।

सुचीमा एकसयभन्दा धेरै अमेरिकी सहरहरुको इन्डेक्स प्रकाशित गरिएको छ । अमेरिकी नागरिकताका लागि आर्थिक बर्ष सन् २०१८ मा औषतमा साढे १० महिनासम्म लाग्ने गरेको छ । जबकी सन् २०१७ मा ८ महिना, सन् २०१६ मा साढे ५ महिना, सन् २०१५ मा पौने ६ महिना र सन् २०१४ मा औषतमा ५ महिना लाग्ने गरेको थियो ।

 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com