अमेरिकन नागरिकता लिनका लागि खराब र उत्कृष्ट सिटीहरु


प्रकाशित मिति : माघ २२, २०७५ मंगलबार

बाउण्डलेस इमिग्रेशनले प्रकाशित गरेको ताजा रिपोर्टमा अमेरिकामा नागरिकता आवेदनका लागि उत्कृष्ट र खराब सिटीहरुको सुची सार्वजनिक गरिएको छ । अमेरिकी अध्यागमन नीति, कानुन र अभ्यास राष्ट्रिय भएपनि विभिन्न मापदण्डका कारण अमेरिकी नागरिकता लिन सहज हुने र असहज हुने सिटीहरुको बर्गिकरण गरिएको छ ।

नागरिकता प्राप्त गर्नका लागि लाग्ने समय, प्रतिक्षा अवधि र अन्तरवार्ताका लागि जानुपर्ने युएससीआईएसको फिल्ड अफिसको दुरी लगायतका मापदण्डका आधारमा सुची तयार गरिएको हो । सोमबार शियाटलमा रहेको स्टार्ट अप कम्पनीले यसबारेमा विस्तृत रिपोर्ट प्रकाशित गरेको हो ।

सबैभन्दा उत्कृष्ट सिटीहरुमा ओहायोको क्लीभल्याण्ड र इलेरिया परेको छ भने दोश्रोमा क्यालिफोर्नियाको रिभरसाइड, सान बर्नान्डिनो र ओन्टारियो परेका छन् । ओहायोको क्लीभल्याण्ड र इलेरियामा औषतमा ४ महिना लाग्ने गरेको छ भने क्यालिफोर्नियाको रिभरसाइड, सान बर्नान्डिनो र ओन्टारियामा औषतमा ५ महिना लाग्ने गरेको छ । केन्टकीको लुईभिल र जेफर्सन तेश्रो नम्बरमा परेको छ, जहाँ औषतमा ५ महिना लाग्ने गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्युयोर्क, नेवार्क र जर्सी सिटी ६४ औं नम्बरमा रहेको छ, जहाँ औषतमा १० महिना लाग्ने गरेको छ । सबैभन्दा खराब टेक्सासको अस्टिन र राउण्डरक रहेको छ । यहाँ नागरिकताका लागि १७ महिनाभन्दा बढी लाग्ने गरेको छ ।

सुचीमा एकसयभन्दा धेरै अमेरिकी सहरहरुको इन्डेक्स प्रकाशित गरिएको छ । अमेरिकी नागरिकताका लागि आर्थिक बर्ष सन् २०१८ मा औषतमा साढे १० महिनासम्म लाग्ने गरेको छ । जबकी सन् २०१७ मा ८ महिना, सन् २०१६ मा साढे ५ महिना, सन् २०१५ मा पौने ६ महिना र सन् २०१४ मा औषतमा ५ महिना लाग्ने गरेको थियो ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com