सदस्यका व्यक्तिगत डाटा गोप्य रहने एनआरएन अमेरिकामा महासचिवबाट आश्वस्त


प्रकाशित मिति : माघ २१, २०७५ सोमबार

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिकाको आगामी सत्रका लागि सदस्यता बन्ने क्रममा आवेदकका सम्पूर्ण व्यक्तिगत विवरणहरु गोप्य राखिने एनआरएनए अमेरिकामा महासचिव बीआर लामाले आश्वस्त पार्नुभएको छ । सदस्यता बन्नका लागि अमेरिकी राज्यबाट चालक अनुमतिपत्र वा अमेरिकी सरकारबाट जारी पासपोर्ट वा अमेरिकी सरकारबाट जारी ग्रिनकार्ड वा अमेरिकी सरकारबाट जारी अन्य आईडी कार्ड वा अमेरिकी सरकारबाट जारी जन्मदर्ता प्रमाणपत्र वा नेपाल सरकारबाट जारी पासपोर्ट र अमेरिका बसेको प्रमाण बुझाउनुपर्ने प्रावधान रहेको छ ।

यसरी बन्नुहोस् एनआरएन अमेरिकाको सदस्य (स्टेप बाई स्टेप तरिका)

यसरी आफ्ना संवेदनशिल कागजातहरु बुझाउँदा व्यक्तिगत विवरण चोरी हुनसक्ने भन्दै सदस्यता लिन चाहनेहरु आशंका गरिरहेको सन्दर्भमा महासचिव बीआर लामाले सबै विवरण गोप्य रहने आश्वासन दिएका हुन् । लामाले भनेका छन् – ‘सदस्यता क्रममा उपलव्ध गराईएको तपाईको व्यक्तिगत संबेदनशील सुचनाहरु हाम्रो वेवसाईटमा एसएसएल सर्टिफिकेट अन्तर्गत गोप्य र सुरक्षित रहनेछ । यसको अलावा हाम्रो भेरिफिकेसन कमिटिले भेरिफाई र सुपर्भाइजरी कमिटीले सर्टिफÞाई गरिसकेपछि तपाईको नाम, इमेल, फोन नं र स्टेट बाहेकका अन्य सम्पूर्ण सूचना हटाईने छ ।’

‘तसर्थ आफ्नो संबेदनशील सूचनाको बिषयलाई लिएर बिल्कुलै चिन्ता नलिईकन आज नै सदस्यता लिई संस्थाको स्वामित्व ग्रहण गर्न र दोहोरो कर प्रणालीको अन्त्य गर्न र बेलाबखत आईपर्ने विभिन्न समस्याको समाधानको लागि यो संस्थालाई बृहत र शक्तिशाली बनाउनको लागि आजै सदस्यता लिनहुन हार्दिक अनुरोध गरिन्छ ।’ –  महासचिव बीआर लामाले बताउनुभएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तपाई एनआरएन अमेरिकाको सदस्यता लिन चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com