यसरी बन्नुहोस् एनआरएन अमेरिकाको सदस्य (स्टेप बाई स्टेप तरिका)


प्रकाशित मिति : माघ २१, २०७५ सोमबार

यदि तपाई एनआरएन अमेरिकाको सदस्य बन्न चाहनुहुन्छ भने यो स्टेपहरु पछ्याउनुहोला ।

१ – एनआरएन अमेरिकाको आधिकारिक वेवसाइटमा जानुहोस् ।

२ –  ‘मेम्बर रजिस्ट्रेशन’ थिच्नुहोस् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

३ – अब तपाईले ४ वटा विकल्पहरु पाउनुहुनेछ ।

– म नेपाली नागरिक हुँ र दुईबर्षभन्दा बढी सार्क मुलुकहरुभन्दा बाहेकका देशमा बस्दै आएको छु । र अहिले अमेरिकाका बस्दै आएको छु । म अमेरिकाको ग्रिनकार्डप्राप्त स्थायी बासिन्दा होइन ।

– म नेपाली नागरिक हुँ र म अमेरिकाको ग्रिनकार्डप्राप्त स्थायी बासिन्दा हुँ ।

– म अमेरिकी नागरिक हुँ । र म वा मेरा बुबाआमा वा हजुरबा हजुरआमा नेपाली नागरिक हुनुहुन्थ्यो ।

– म अमेरिका, नेपाल र सार्क मुलुकहरु बाहेकको विदेशी नागरिक हुँ । र म वा मेरा बुबाआमा वा हजुरबा हजुरआमा नेपाली नागरिक हुनुहुन्थ्यो ।

यी चारमध्ये तपाईसँग मिल्दोजुल्दो एउटा विकल्प छान्नुहोस् ।अनि सब्मिट बटन थिच्नुहोस् ।

४ – त्यसपछि तपाईले नाम, थर, जन्ममिति, ठेगाना, मोबाइल नम्बर, इमेल, सदस्यता प्रकार उल्लेख गर्ने फर्म देखिन्छ । त्यसमा सबै विवरण भर्नुहोस् । साथमा पासपोर्ट साइजको फोटो पनि अपलोड गर्नुहोस् ।

५ – त्यसपछि तपाईले सदस्यताका लागि तपाईको परिचय खुल्ने कागजात पेश गर्नुपर्छ । तपाईलाई ६ वटा विकल्पहरु दिइनेछ ।

– अमेरिकी राज्यबाट जारी चालक अनुमतिपत्र
– अमेरिकी सरकारबाट जारी पासपोर्ट
– अमेरिकी सरकारबाट जारी ग्रिनकार्ड
– अमेरिकी सरकारबाट जारी स्टेट आईडी
– अमेरिकी सरकारबाट जारी जन्मदर्ता प्रमाणपत्र
– नेपाल सरकारबाट जारी पासपोर्ट र अमेरिकामा बसेको प्रमाण

उपयुक्त फोटो आईडीको ब्यहोरा छान्नुहोस् । र अपलोड गर्नुहोस् । 

६ – ‘सिग्नेचर’ मा पुरा नाम लेख्नुहोस् । आजको मिति लेख्नुहोस् । अनि बलियो पासवर्ड छान्नुहोस् । त्यसपछि तपाइले सदस्यताका शर्तहरु मान्ने स्वीकृति प्रदान गर्नुपर्छ । शर्तहरु स्वीकार गर्नु अगाडि पढ्नु उपयुक्त हुनेछ ।

७ – ‘आई एम नट रोबोट’  मा थिच्नुहोस् । उस्तै दृश्यहरू चिन्नुपरेमा चिनिदिनुहोस् ।अनि  ‘सब्मिट’ थिच्नुहोस् ।

८ – भेरिफिकेशन कोड फोनको टेक्स्ट मेसेजमा आउँछ भने इमेलमा लिंक आउँछ।  इमेलमा आएको लिंकमा क्लिक गर्नोस र फोनमा आएको भेरिफिकेशन कोड भर्नोस।

९ – सदस्यता शुल्क तिर्नका लागि ‘पे वीथ पेपल’ मा थिच्नुहोस् । पेपल या क्रेडिट/डेबिट कार्डबाट पैसा तिर्नुहोस् ।

तपाईको सदस्यता बन्ने प्रकृया पूरा भयो ।

यदि तपाईको इमेलमा लिंक आएन भने कतै तपाईंले एन आर एन ए अमेरिकाबाट यस अगाडी आउने गरेको इमेल अनसब्सक्राइब त गर्नुभएको छैन ? वा सो इमेल स्पाम रिपोर्ट त गर्नुभएको छैन? यदि त्यसो हो भने नयाँ इमेल राखनकोलागि एनआरएन अमेरिकालाई अनुरोध पत्र लेखेर पठाउनोस । यदि त्यसो गरेको छैन, इमेल ठेगाना पनि सहि नै भरेको छ र पनि इमेलमा लिंक आएन भने सिधै  वेवसाईटमा जानोस र लग इन गर्नुहोस् र सदस्यता शुल्क तिर्नुहोस् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com