अमेरिकाको नक्कली विश्वविद्यालयमा भर्ना हुने १२९ भारतीय विद्यार्थी पक्राउ


प्रकाशित मिति : माघ २१, २०७५ सोमबार

अमेरिकामा सरकारले स्थापना गरेको नक्कली विश्वविद्यालयमा भर्ना भएका कारण पक्राउ पर्नेहरुमध्ये १२९ जना भारतीय विद्यार्थीहरु रहेका छन् । सरकारले अमेरिकामा विद्यार्थी भिसामा आएर भिसा जोगाउनमात्र विश्वविद्यालय भर्ना हुनेहरुलाई निशानामा राखेर नक्कली विश्वविद्यालय नै खोलेको थियो ।

शुल्क तिरेर पढ्न जानु नपर्ने तर भिसा अद्यावधिक हुने सुविधा सहित अमेरिकी सरकारले अध्यागमन अपरेशनका दौरान नक्कली विश्वविद्यालय स्थापना गरेको थियो । मिसिगनमा फार्मिंटन युनिभर्सिटीका नाममा खोलिएको उक्त नक्कली विश्वविद्यालय बन्द गरिसकिएको छ ।

युनिभर्सिटी अफ फार्मिङटनका नामबाट खोलिएको वेवसाइटमा विद्यार्थीहरु अध्ययन गर्दै गरेका तस्वीरहरु राखिएको थियो । झट्ट हेर्दा युनिभर्सिटी नक्कली हो भनेर पत्याउन मुस्किल हुन्छ । अण्डर ग्रयाजुएटका लागि बार्षिक ट्युशन शुल्क साढे ८ हजार डलर र ग्रयाजुएटका लागि ११ हजार डलर तोकेर वेवसाइटमा प्रचार समेत गरिएको थियो ।

बिहिबार बन्द गर्नु अगाडि युनिभर्सिटीको वेवसाइट यस्तो थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर यो युनिभर्सिटीमा कुनै कक्षा संचालन पनि हुने गरेको थिएन भने कुनै शिक्षक वा प्राध्यापक समेत नियुक्त गरिएको थिएन । क्याम्पसको नामको एउटा सानो कोठामात्र रहेको थियो । यो अमेरिकी सरकारका अण्डरकभर एजेन्टहरुले भिसाको दुरुपयोग गर्ने विदेशी विद्यार्थीहरुलाई फन्दामा पार्न स्थापना गरेका थिए । विद्यार्थी भिसा जोगाउन कलेजमा भर्ना हुने तर अध्ययन नगरी काम गर्दै अमेरिकामा बस्नेहरुलाई फन्दामा पार्न यस्तो नक्कली युनिभर्सिटी स्थापना गरिएको थियो ।

सुरुमा विद्यार्थी भिसामा अमेरिका आउने र पछि अमेरिकामा बस्न र काम गर्नका विद्यार्थी भिसा अद्यावधिक राख्नका लागि सस्ता युनिभर्सिटी खोज्ने विद्यार्थीहरुलाई फन्दामा पार्न आइसले यस्तो उपाय अपनाएको हो । बुधबार उक्त युनिभर्सिटीमा भर्ना भएका दर्जनौं विद्यार्थीहरुलाई आइसले पक्राउ गरेको छ । सम्भवत उनीहरुले अब देशनिकालाको सामना गर्नेछन् ।

अहिले युनभर्सिटीको वेवसाइट खोल्दा यस्तो देखिन्छ ।

 

अहिले उक्त युनिभर्सिटीको वेवसाइटमा आइसले युनिभर्सिटी बन्द गराएको उल्लेख गरिएको छ । युनिभर्सिटी बन्द हुँदा प्रभावित भएका विद्यार्थीहरुलाई आइसमा सम्पर्क गर्न समेत सुझाव दिइएको छ ।

त्यस्तै आइसले कम्तीमा ६ सय विद्यार्थीहरुलाई विद्यार्थी भिसाको दुरुपयोग गरेर अमेरिकामा नै बस्न सघाउने ८ जनालाई पनि नियन्त्रणमा लिएको छ । यो अपरेशनका कारण कतिजना विद्यार्थीहरुले देशनिकालाको सामना गर्दैछन् भन्ने बारे आइसले केही पनि बताएको छैन ।

भिसा दुरुपयोग गर्ने विद्यार्थीलाई फसाउन अमेरिकी सरकारको गृहमन्त्रालयको वेवसाइटमा नै उक्त युनभर्सिटीलाई आधिकारिक युनभर्सिटीको सुचीमा राखिएको थियो ।

अन्तर्राष्ट्रिय विद्यार्थीहरुले पढ्न सक्ने भन्दै अमेरिकामा रहेका डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले राखेका शिक्षण संस्थाहरुको सुचीमा युनिभर्सिटी अफ फार्मिङटनलाई पनि सुचिकृत गरिएको छ । उक्त नक्कली युनिभर्सिटीको फेसबुक र ट्वीटर पेज समेत बनाइएको थियो । जुन बुधबार डिलिट गरिसकिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com