अमेरिकामा कामदार भिसाको नयाँ नियमको अन्तिम स्वरुप घोषणा, अमेरिकन डिग्री होल्डरलाई फाइदा


प्रकाशित मिति : माघ १६, २०७५ बुधबार

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले एचवानबी कामदार भिसामा नयाँ नियमको अन्तिम स्वरुप घोषणा गरेको छ । नयाँ नियमको अन्तिम स्वरुप बिहिबार फेडरल रजिस्टरमा प्रकाशित गरिने जनाइएको छ ।

नयाँ नियमको कार्यान्वयन आगामी अप्रिल १ देखि हुने जनाइएको छ । आर्थिक बर्ष २०२० का लागि अप्रिलमा खुल्ने एचवानबी भिसा आवेदनका लागि विद्युतीय दर्ता प्रणाली भने लागु नहुने जनाइएको छ । तर त्यसपछि भने विद्युतीय दर्ता प्रणाली लागु गर्ने योजनामा अमेरिकी सरकार रहेको छ ।

नयाँ नियमले अमेरिकन डिग्री नलिएका विदेशी कामदारलाई अमेरिका आउन थप मुस्किल हुने भएको छ । तर अमेरिकन डिग्री होल्डरका लागि भने विगतको तुलनामा निकै सहज हुनेछ । अमेरिकी सरकारले अमेरिकामा नै डिग्री लिएकाहरुलाई प्राथमिकता दिनेगरी कामदार भिसाको नयाँ नियम ल्याएको हो ।

पहिलेको नियम अनुशार ६५ हजार कामदारको कोटामा अमेरिकन डिग्री नभएकाहरुमात्र सहभागी हुन पाउथें । अमेरिकन डिग्री होल्डरहरु त्यसमा मिसिन पाउँदैनथे । तर  नयाँ नियम अनुशार त्यो कोटामा पनि अमेरिकन डिग्री होल्डरहरु सहभागी हुन पाउनेछन् । यसो हुँदा ६५ हजारको कोटामा पनि अमेरिकन डिग्री होल्डरहरु छानिनेछन् । त्यहाँ नछानिएका अमेरिकन डिग्री होल्डरहरुहरुले थप २० हजारको कोटामा पनि सहभागी हुन पाउनेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नयाँ नियमले अमेरिकन डिग्री नलिएकाहरुको एचवानबी कोटामा पनि अमेरिकन डिग्री होल्डरको अतिक्रमण बढाउने भएको छ । अमेरिकाबाहिर पढ्नेहरुलाई भन्दा अमेरिकन डिग्री लिएकाहरुलाई मौका दिनका लागि नयाँ नियम ल्याइएको हो । अमेरिकामा डिग्री लिएर स्वेदश फर्किसकेको विद्यार्थीले पनि यो कार्यक्रमबाट लाभ लिन सक्नेछन् । उदाहरणका लागि कुनै नेपाली विद्यार्थी अमेरिकामा डिग्री लिएर नेपाल फर्किसकेको छ भने उसलाई नयाँ नियमले प्राथमिकतामा राख्नेछ ।

पूर्णरुपमा विद्युतीय प्रणाली तयार नभइसकेकाले आगामी अप्रिल १ देखि पहिलेकै तरिकाले भिसा आवेदन खुल्नेछ । तर विद्युतीय प्रणाली तयार भइसकेपछि सम्भवत अर्को बर्षदेखि एचवान बी फाइल गर्न चाहने आवेदकले तोकिएको अवधिभित्र विद्युतीय रुपमा प्रारम्भिक आवेदन दर्ता गर्नुपर्नेछ । यसरी दर्ता भएका आवेदनहरुलाई लोटरीको माध्यमबाट छानेपछिमात्र छानिएका आवेदनलाई थप प्रकृयामा लगिनेछ । लोटरीबाट छानिएका आवेदकले थप कागजात पेश गरेर एचवानबीका लागि योग्य हुनसक्नेछन् ।

नयाँ विद्युतीय प्रणालीमा समस्या आएमा वा एचवानबी दर्ता प्रकृयामा कुनै प्राविधिक चुनौती उत्पन्न भएमा युएससीआईएसले कुनै पनि बेला कुनै पनि आर्थिक बर्षमा विद्युतीय दर्ता प्रणाली अस्थायी रुपमा खारेज गर्न सक्नेछ । यसो भएमा पहिलेकै जस्तो कागजको माध्यमबाट आवेदनहरु पठाउनुपर्नेछ ।

सम्भवत अर्कोबर्षदेखि युएससीआईएसले विद्युतीय दर्ता प्रणालीको सुरुवात गर्नेछ । त्यसो भएमा एचवानबी भिसाका लागि पनि डिभी लोटरीकै तरिकाले विद्युतीय आवेदन पेश गर्नुपर्नेछ । लोटरी प्रणालीबाट छनौट हुनेहरुले थप कागजात पेश गरेर योग्यता प्रमाणित गर्नुपर्नेछ ।

नयाँ नियम लागु भइसकेपछि अमेरिकन डिग्री नहुनेहरुको ६५ हजारको कोटाबाट पनि झण्डै १६ प्रतिशत अर्थात् कम्तीमा ५ हजार ३ सय ४० जनाको कोटा अमेरिकन डिग्री होल्डरले पाउनसक्ने देखिएको छ । नयाँ नियमले अमेरिकामा रहेका दक्ष कामदारहरुले थप मौका पाउने अमेरिकी सरकारको विश्वास रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com