अमेरिकी कामदारभिसाको निर्णय अब १५ दिनमै


प्रकाशित मिति : माघ १५, २०७५ मंगलबार

अमेरिकी सरकारको युएससीआईएसले सोमबारदेखि लागु हुनेगरी कामदार भिसा एचवानबीको निर्णय १५ दिनमा नै प्राप्त गर्न सक्ने गरी शीघ्र प्रकृया सुचारु गरेको छ । सन् २०१८ को अप्रिलमा आवेदन दिएकाहरुले अब एचवानबी भिसाका लागि अतिरिक्त शुल्क तिरेर आफ्नो आवेदनबारे छिटो निर्णय गराउन सक्नेछन् ।

एचवानबी भिसाका सन्दर्भमा युएससीआईएसले शीघ्र प्रकृया अर्थात् प्रिमियम प्रोसेसिङ स्थगित गरेको थियो । तर जनबरी २८ देखि लागु हुनेगरी यो प्रकृया पुन सुचारु गरिएपछि अब आवेदकहरुले यसबाट लाभ लिन सक्नेभएका छन् । तर त्यसका लागि १४१० डलर अतिरिक्त शुल्क तिर्नुपर्नेछ ।

युएससीआईएसले एचवानबी भिसाका सन्दर्भमा गत अप्रिलमा प्रिमियम प्रोसेसिङ स्थगित गरेको थियो । गत सेप्टेम्बरमा स्थगन अवधि थपिएपछि आगामी फरबरी १९ सम्म स्थगन कायम रहने अपेक्षा गरिएको थियो । तर जनबरी २८ देखिनै प्रिमियम प्रोसेसिङ सुचारु गरिएको छ ।

आर्थिक बर्ष २०१९ का लागि एचवान बी भिसा आवेदन दिएका अमेरिकन डिग्री होल्डर २० हजार र अन्य ६५ हजार गरी ८५ हजार आवेदकमध्ये पेन्डिङ रहेकाहरुले प्रिमियम प्रोसेसिङ गर्न सक्नेछन् । थप कागजातको अनुरोध पठाइएकाहरुले पनि प्रिमियम प्रोसेसको अनुरोध सहित थप कागजात पेश गरेमा १५ दिनभित्र निर्णय दिइने युएससीआईएसले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

१५ दिनभित्र निर्णय दिन नसकेको खण्डमा युएससीआईएसले लिएको शुल्क फिर्ता गर्ने जनाएको छ । साथै आवेदनबारे यथाशीघ्र निर्णय दिने पनि स्पष्ट पारेको छ । यो सेवा नयाँ आवेदनका सन्दर्भमा नभई पेन्डिङ आवेदनको सन्दर्भमा मात्र लागु हुने युएससीआईएसले स्पष्ट पारेको छ । आर्थिक बर्ष २०१९ को कोटा पुग्ने गरी युएससीआईएसमा आवेदन प्राप्त भइसकेका छन् ।

तर एचवान बी भिसा थप, सुधार वा स्थानान्तर गर्न चाहनेहरुका लागि भने प्रिमियम प्रोसेसिङ उपलब्ध नभएको अमेरिकाका चर्चित नेपाली कानुन व्यवसायी केशवराज सेडाईले जानकारी दिनुभयो । आर्थिक बर्ष २०२० का लागि भने आगामी अप्रिलको पहिलोसाता कामदार भिसा एचवानबीका लागि आवेदन दिनुपर्नेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com