सोमबारदेखि ट्याक्स सिजन सुरु, यस्तो छ रिफण्ड छिटो पाउने तरिका


प्रकाशित मिति : १४ माघ २०७५, सोमबार

अमेरिकामा जनबरी २८ सोमबारदेखि आयकर फाइल गर्ने सिजन सुरु हुँदैछ । अमेरिकामा रहेका करदाताहरुले सोमबारदेखि ट्याक्स फाइल गर्न सक्नेछन् भने आगामी अप्रिल १५ भित्र ट्याक्स फाइल गरिसक्नुपर्नेछ ।

ट्याक्स फाइल गरेको २१ दिनभित्र योग्य करदाताले रिफण्ड रकम प्राप्त गर्नसक्ने आईआरएसले जनाएको छ । इन्टरनेटमार्फत ट्याक्स फाइल गर्ने र आफ्नो बैंक खातामा सिधा डिपोजिटको विकल्प दिने करदाताले छिटो रिफण्ड रकम प्राप्त गर्नेछन् ।

हुलाकमार्फत फाइल गर्ने र चेकमार्फत रिफण्ड प्राप्त गर्ने करदाताका सन्दर्भमा भने केही लामो समय लाग्न सक्नेछ । कागजी फाइल गर्ने र कागजको चेक प्राप्त गर्ने करदाताका हकमा रिफण्ड प्राप्त गर्न दुईमहिनासम्म समेत लाग्नसक्ने जनाइएको छ ।

इन्टरनेटमार्फत फाइल गर्ने र बैंकमा डाइरेक्ट डिपोजिटको विकल्प दिने करदाताले एकदेखि तीनसाताभित्र रिफण्ड रकम प्राप्त गर्न सक्नेछन् । कागजमार्फत हुलाकबाट फाइल गर्ने तर बैंकमा डाइरेक्ट डिपोजिटको विकल्प दिने करदातालाई रिफण्ड प्राप्त गर्न कम्तीमा तीनसाता लाग्नसक्नेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

इन्टरनेटमार्फत फाइल गर्ने तर रिफण्डका लागि चेकको विकल्प दिने करदाताले रिफण्ड चेक प्राप्त गर्न एकमहिना लाग्नेछ । कागजमार्फत हुलाकबाट फाइल गर्ने र रिफण्डका लागि चेकको विकल्प दिने करदाताले रिफण्ड चेक प्राप्त गर्न २ महिना लाग्नेछ ।

त्यसैले सकभर छिटो रिफण्ड प्राप्त गर्नका लागि इन्टरनेटमार्फत फाइल गर्ने र बैंकमा डाइरेक्ट डिपोजिटको विकल्प दिने हो कि ?

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com