अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको न्युयोर्कमा रहेको एउटा गल्फ कोर्समा कार्यरत १२ जना कागजपत्रविहिनहरुलाई कामबाट निकालिएको छ । न्युयोर्कको वेस्टचेस्टरमा रहेको गल्फ कोर्समा कार्यरत उनीहरु कागजपत्रविहिन रहेको त्यहाँका मेनेजरलाई पहिलेदेखि नै थाहा भएको जनाइएको छ ।
कागजपत्रविहिनलाई अमेरिका आउनबाट रोक्न पर्खाल लगाउने विषयमा भएको विवादका कारण सरकार शटडाउन भएको बखत मेनेजरले कामदारलाई एकएक गर्दै कोठामा बोलाएर कामबाट निकालेका थिए । कामबाट निकालिएकाहरुले गल्फ कोर्समा १२ बर्ष देखि १४ बर्षभन्दा पनि लामोसमयदेखि कार्यरत रहेको जनाइएको छ ।
न्युजर्सीमा रहेको ट्रम्प क्लबबाट तीनजना कागजपत्रविहिन कामदारलाई निकाले लगत्तै न्युयोर्कमा रहेको गल्फ कोर्सबाट उनीहरुलाई निकालेको हो ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।