बिहिबार मतदान हुने बिलमा एसाइलमको बार्षिक कोटा १५ हजार, पारित होला त ?


प्रकाशित मिति : माघ ९, २०७५ बुधबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन रहेको बिहिबार अमेरिकी सिनेटमा मतदान हुने बिलमा एसाइलमको बार्षिक कोटा तोकिएको छ । बर्षमा अधिकतम १५ हजारलाई एसाइलम स्वीकृत गर्ने गरी कोटा तोकिएको उक्त बिलमा बार्षिक ५० हजारमात्र एसाइलम आवेदन लिने उल्लेख छ । बिल पारित हुने सम्भावना भने निकै न्यून रहेको छ ।

मध्य अमेरिकी देशका बालबालिकाहरुलाई अमेरिकी सिमाक्षेत्रमा एसाइलम आवेदन दिन वञ्चित गर्ने गरी बिलमा प्रस्ताव गरिएको जनाइएको छ । उनीहरुले आफ्नै देशमा रहेर अमेरिकी दूतावासमार्फत एसाइलम आवेदन दिनसक्ने प्रावधान बिलमा समेटिएको छ । तर एसाइलम स्वीकृत हुनका लागि उनीहरुका योग्य अभिभावक वा बुबाआमा अमेरिकामा हुन जरुरी हुनेछ ।

अमेरिकामा हाल बार्षिक २० हजार भन्दा धेरैको एसाइलम स्वीकृत हुँदै आएको छ । सन् २०१६ मा २० हजार ४ सय ५५ जनाको एसाइलम स्वीकृत भएको थियो । जसमध्ये ११ हजार ७ सय २९ जनाको एसाइलम युएससीआईएसले स्वीकृत गरेको थियो भने ८ हजार ७ सय २६ जनाको एसाइलम अदालतबाट स्वीकृत गरिएको थियो ।

अदालतबाट एसाइलम पाउने नेपालीहरु आर्थिक बर्ष सन् २०१६ मा २६५ जना रहेका थिए भने युएससीआईएसबाट एसाइलम स्वीकृत हुने नेपालीहरु २३६ जना रहेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com