अमेरिकामा अस्थायी कृषि कामदार पठाउन पाउने ८४ देशको सुची प्रकाशित


प्रकाशित मिति : माघ ४, २०७५ शुक्रबार

अमेरिकाले अस्थायी कृषि कामदार पठाउन योग्य ८४ देशहरुको सुची प्रकाशित गरेको छ । यी देशहरुले अमेरिकामा अस्थायी कृषि कामका लागि एच टु ए भिसामा कामदारहरु पठाउन सक्नेछन् । शुक्रबार होमल्याण्ड सेक्युरिटीकी सेक्रेटरीका तर्फबाट फेडरल रजिस्टरमा यो सुचना प्रकाशित गरिएको छ ।

अस्थायी कृषि कामदार पठाउन सक्ने विगतको सुचीमा मोजाम्बिक, पाराग्वे र सामोआलाई थप गरिएको छ । तर जसमध्ये पाराग्वेले कृषिकामदारमात्र पठाउनसक्नेछ भने अन्य अस्थायी कामदार पठाउन योग्य हुने छैन । त्यस्तै कृषि कामदार पठाउने सुचीबाट इथोपिया र फिलिपिन्सलाई हटाइएको छ ।

यो सुचना फेडरल रजिस्टरमा हेर्न र सम्पूर्ण सुची थाहा पाउन यहाँ क्लिक गर्नुहोला ।

कृषि कामदारहरु पठाउनसक्ने ८४ देशको सुचीमा नेपाललाई भने समावेश गरिएको छैन । कृषि बाहेकका अन्य अस्थायी कामका लागि एच टु बी भिसामा कामदार पठाउनका लागि विश्वका ८१ देशलाई योग्य ठानिएको छ । त्यसमा पनि नेपाल समावेश छैन ।

तर अन्य कामदार भिसा एच वान बीमा अमेरिका आउनका लागि नेपालीहरु योग्य रहेका छन् । जसको बार्षिक कोटा ८५ हजार रहेको छ भने अप्रिलको पहिलो साता आवेदन दिनुपर्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com