डिसेम्बर२२देखिजारीअमेरिकीसरकारशटडाउनकाकारणन्युयोर्कको अध्यागमनअदालतमासुनुवाईतयभएका५३२० मुद्दाकोसुनुवाईस्थगितभएकोछ।अमेरिकाभर भने ४२हजारभन्दाधेरैअध्यागमनबारेकामुद्दाहरुकोसुनुवाईस्थगितभएकोछ।तीमुद्दाहरुकोनयाँसुनुवाईमिति२बर्षवात्योभन्दाबढीसमयपछिसर्नसक्नेजनाइएकोछ।सुनुवाईस्थगितभएकाअधिकांशमुद्दाहरुएसाइलमकामुद्दाहरुरहेकाछन्।
अमेरिकाको इतिहासमा नै सबैभन्दा लामो शटडाउनका कारण जनवरी ११ सम्म ४२ हजार ७ सय ४६ वटा अध्यागमन मुद्दाहरुको सुनुवाई स्थगित भइसकेको छ । हरेक साता शटडाउन बढ्दैजाँदा प्रभावित हुने मुद्दाको संख्या २० हजारका दरले बढ्दै जाने ट्रान्जेक्सनल रेकर्ड एक्सेस क्लीयरिंगहाउसको तथ्यांकले देखाएको छ । शटडाउन जनवरीको अन्त्यसम्म पनि कायम भएमा कम्तीमा १ लाख अध्यागमनका मुद्दाहरु स्थगित हुने देखिएको छ ।
शटडाउन कायम रहदै गर्दा अमेरिकी अध्यागमन अदालतमा ब्याकलग पनि क्रमश बढ्दै गएको छ । नोभेम्बरको अन्त्यसम्म अमेरिकी अध्यागमन अदालतमा ८ लाख ९ हजार ४१ केसको ब्याकलग कायम रहेकोमा शटडाउनका कारण ब्याकलग अझ थपिएको छ । दुईदेखि ४ बर्ष कुरेर अदालतको सुनुवाई मिति पाएकाहरुले शटडाउन अन्त्यभएपछि फेरी दुईदेखि ४ बर्षपछिको नयाँ मिति पाउनेछन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।