न्युयोर्कमा कागजपत्रविहिनलाई ड्राइभर लाइसेन्स दिलाउने अभियान सुरु गरिदै, १ मिलियन खर्च गरिने


प्रकाशित मिति : १ माघ २०७५, मंगलबार

न्युयोर्क राज्यमा रहेका कागजपत्रविहिनहरुलाई ड्राइभर लाइसेन्स दिलाउने अभियानको सुरुवात गरिने भएको छ । द न्युयोर्क इमिग्रेशन कोलिएसनले सुरु गर्ने उक्त अभियानका क्रममा १ मिलियन अमेरिकी डलर खर्च गरिने भएको छ ।

राज्यका निर्वाचित प्रतिनिधिहरुलाई दवाव दिने उद्देश्यले यस्तो अभियानको थालनी गर्न लागिएको हो । उक्त अभियान केही दिनमा नै सुरु गरिने जनाइएको छ ।

हालसम्म अमेरिकाका १२ वटा राज्यमा सोसल सेक्युरिटी विना नै ड्राइभर लाइसेन्स प्रदान गरिदै आएको छ । क्यालिफोर्निया, कनेक्टिकट, इलिनोय, मेरिल्याण्ड, युटाह लगायतका राज्यमा कागपत्रविहिनहरुले समेत ड्राइभर लाइसेन्स प्राप्त गर्न सक्छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन् २००७ मा न्युयोर्कका तत्कालिन गभर्नरले कागजपत्रविहिनहरुलाई समेत ड्राइभर लाइसेन्स प्रदान गर्नका लागि कार्यकारी आदेश जारी गरेका थिए । तर पछि यो आदेश कार्यान्वयन भने हुन सकेन ।

न्युयोर्क राज्यमा कागपत्रविहिनहरुलाई ड्राइभर लाइसेन्स प्रदान गरिएको खण्डमा २ लाख ६५ हजार व्यक्ति लाभान्वीत हुनसक्ने अनुमान गरिएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com