अमेरिकी अध्यागमनका क्षेत्रमा सन् २०१९ मा हुँदैछन् यस्ता ५ परिवर्तन
प्रकाशित मिति : पुस २६, २०७५ बिहीबार
अमेरिकी अध्यागमनका क्षेत्रमा सन् २०१९ मा मुख्य ५ परिवर्तन हुने देखिएका छन् । अमेरिकी भिसा ग्रिनकार्ड लगायतका क्षेत्रमा सन् २०१९ मा परिवर्तनहरु आउन लागेका हुन् ।
पहिलो परिवर्तन सरकारी सुविधा खाने सम्भावना रहेकालाई अमेरिकी भिसा र ग्रिनकार्ड नदिने नियममा आउन लागेको छ । दोश्रो परिवर्तन अमेरिकामा कामदार भिसामा आउन लागेको छ ।
तेश्रो परिवर्तन अमेरिकामा एसाइलमका क्षेत्रमा क्याच एण्ड रिलिज नीतिको अन्त्य गरेर क्याच एण्ड रिर्टनमार्फत आउन लागेको छ । त्यस्तै चौथो परिवर्तन टीपीएसका क्षेत्रमा समेत आउने सम्भावना देखिएको छ ।
त्यस्तै पाँचौैं परिवर्तन अमेरिकी युएससीआईएस र अदालतमा ग्रिनकार्डका आवेदन र मुद्दाको ब्याकलग अझ बढ्दा ग्रिनकार्ड, नागरिकता लगायतका कैयन आप्रवासन सम्बन्धि काममा अझ ढिलाई हुने देखिएको छ ।
अमेरिकी अध्यागमनका क्षेत्रमा आउन लागेका यी परिवर्तनहरुबारे खसोखासका प्रधानसम्पादक किशोर पन्थीसँग अमेरिकाका चर्चित कानुन व्यवसायी केशव सेडाईको कुराकानी ।






