अमेरिकामा कागजपत्रविहिनबाट सरकारलाई बर्षेनी २० बिलियन डलर भन्दा धेरै कर


प्रकाशित मिति : पुस २५, २०७५ बुधबार

अमेरिकामा कागजपत्रविहिन आप्रवासीहरुले बर्षमा २० बिलियन डलर भन्दा धेरै कर तिर्ने गरेको आईआरएसको तथ्यांकले देखाएको छ । सिमाक्षेत्रबाट प्रवेश गरेका लाखौं कागजपत्रविहिनहरुले अमेरिकी नागरिक सरह नै कर तिर्ने गरेको पाइएको छ ।

सन् २०१५ को आईआरएसको तथ्यांक अनुशार उक्त बर्ष अमेरिकामा सोसल सेक्युरिटी नम्बर समेत नभएका कागजपत्रविहिन आप्रवासीबाट सरकारलाई ४ दशमलव ४ मिलियन डलर करबापत प्राप्त भएको थियो । परिणामस्वरुप कागजपत्रविहिन कामदारहरुले एकबर्षमा २३ बिलियन डलर कर तिरेका थिए ।

तर यसरी कर तिरिरहेका कागजपत्रविहिनहरुले रिटायर्ड हुँदासम्म अमेरिकामा बसेपनि पछि सोसल सेक्युरिटी सुविधा समेत प्राप्त गर्न सक्दैनन् । त्यो बाहेक उनीहरुलाई मेडिकेयर लगायतका सुविधाहरु पनि प्राप्त हुँदैनन् ।

कागजपत्रविहिनहरु पनि अमेरिकामा कर तिर्नका लागि व्यक्तिगत करदाता परिचय नम्बर प्राप्त गर्न योग्य हुन्छन् । कानुनी रुपमा काम गर्न योग्य नभएकाहरुबाट समेत कर असुल्न आईआरएसले सन् १९९६ देखि यस्तो व्यवस्था गरेको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आईआरएसले यसरी करदाता परिचय नम्बर प्राप्त गरेर कर तिर्दै आएका कागजपत्रविहिनहरुको विवरण भने अमेरिकी सरकारको अध्यागमन निकायहरुलाई प्रदान गर्दैन । जसका कारण कागजत्रपविहिनहरुले पनि सुरक्षित तरिकाले सरकारलाई कर तिर्दै आएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com