डिसेम्बर २२ पछि अदालती सुनुवाई रहेका नेपालीका एसाइलम बर्षौपछि धकेलिने (भिडियो)
प्रकाशित मिति : पुस २४, २०७५ मंगलबार
डिसेम्बर २२ पछि अमेरिकी अध्यागमन अदालतमा एसाइलमका सुनुवाई तय भएका नेपालीका मुद्दाहरु बर्षौं पछाडि धकेलिएका छन् । अमेरिकी सरकार शटडाउनका कारण अध्यागमन अदालतमा सुनुवाई तय भएका एसाइलम मुद्दा बर्षौ पछि सर्ने भएका हुन् । जसमा नेपालीका मुद्दाहरु पनि उल्लेख्य संख्यामा रहेका छन् ।
शटडाउनका कारण अमेरिकी अध्यागमन अदालतहरु बन्द भएकाले एसाइलमका मुद्दाहरु दुईबर्ष वा त्यो भन्दा पनि पछाडि सर्न सक्ने अमेरिकाका चर्चित नेपाली कानुन व्यवसायी रमेश श्रेष्ठले बताउनुभयो । तर सुनुवाईको नयाँ मिति भने शटडाउन समाप्त भएपछिमात्र थाहा हुनेछ ।
यसरी मुद्दाहरु पछाडि धकेलिंदा अहिलेको पृष्ठभूमिमा स्वीकृत हुनसक्ने मुद्दाहरु पछि अस्वीकृत समेत हुनसक्ने उहाँले बताउनुभयो । नेपालको अवस्थामा परिवर्तन भएको खण्डमा अहिले स्वीकृत हुने सम्भावना भएका मुद्दाहरु पछि अस्वीकृत हुनपनि सक्ने उहाँले बताउनुभयो । शटडाउनका कारण सुनुवाई स्थगित भएकाहरुलाई श्रेष्ठले केही सुझावहरु पनि दिनुभएको छ ।
हेर्नुहोस् भिडियो ।






