तनहुँको तनहुँसुरमा कानुनका २१ अमेरिकन विद्यार्थीहरु


प्रकाशित मिति : पुस २२, २०७५ आईतबार

तनहुँको व्यास नगरपालिका वडा नम्बर ११ स्थित ऐतिहासिक ठाँउ तनहुँसुरमा विदेशी विद्यार्थीहरुको टोलिले अवलोकन गरेका छन । अमेरिकाको वेस्ट भर्जिनियाको भर्जिनिया युनिभर्सिटीमा कानुन विषय अध्ययन गरिरहेका अमेरिकी विद्यार्थीहरुले तनहुँसुरको अध्ययन गरेका हुन ।

उक्त अवलोकन कार्यक्रममा युनिभर्सिटीका प्रोफेसर सहित २१ जनाको सहभागिता रहेको थियो । उक्त कार्यक्रमको संयोजन रोटरी क्लबका संस्थापक अध्यक्ष एवं पुर्व सांसद रामचन्द्र पोख्रेलले गरेका थिए । पोख्रेलले तनहुँसुरको इतिहास बारे उक्त टोलि लाई बताएका थिए ।

सो अवसरमा रोटरी क्लब अफ दमौलीले युनिभर्सिटीका प्रोफेसर सहित विद्यार्थीको टिम लाई रोटरीको टोपी, झण्डा र किताब दिएको थियोे । रोटरी क्लब अफ दमौलीका अध्यक्ष सन्तोष कुमार श्रेष्ठले अमेरिकी कानुनका विद्यार्थी लाई आफ्नो ठाँउ अझै ऐतिहासिक स्थानमा ल्याउन पाउदा खुशी लागेको बताए ।

अबिर र माला सहित गाउँले आमा समुहको मुस्कान सहित न्यानो स्वागतले विद्यार्थी टोलि निकै हर्षित थिए । गौरवशालि आमा समुह, प्रतिभाशालि आमा समुह र सहिद सन्तचन्द्र टोल विकास संस्था लगाएतले स्वागत गरेका थिए । उक्त कार्यक्रममा रोटरी क्लब अफ दमौलीका पुर्व अध्यक्ष हरिराम श्रेष्ठ, रामनाथ भट्टराई, क्लबका अब हुनेवाला अध्यक्ष सुर्ज कुमार मल्ल, बिन्दु थापा मगर लगाएतको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रम तनहुँसुर पर्यटन भवनमा सम्पन्न भएको थियो । उक्त टोलिले दमौलीमा रहेको आदिकवि भानुभक्त क्याम्पसमा समेत आइतबार बिहान अन्तरक्रिया गरेको समुन्द्र गोदारले जानकारी दिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com