हिमालयन बैंकको १५.७८९५% लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, कहिले हुँदैछ एजीएम ?


प्रकाशित मिति : पुस १५, २०७५ आईतबार

हिमालयन बैंकको १५.७८९५% लाभांश सुरक्षित गर्ने आइतबार (पुस १५ गते) अन्तिम दिने हो । हिमालयनले पुस ३० गते साधारण सभा गर्न सोमबार (पुस १६ गते) देखि साधारण सभाको दिनसम्म बुक क्लोज गर्दैछ । यसर्थ, लाभांश पाउन आइतबार नै सेयरधनी बनिसक्नुपर्नेछ । हिमालयनले गत वर्षको कमाईबाट ५% बोनस सेयर र १०.७८९५% नगद लाभांश दिन लागेको हो।

साधारण सभा कार्की ब्यांकेट, माइतीघर काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणका सम्बन्धमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०७५–०७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक तोक्ने एजेन्डा पनि छ ।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न निकाय तथा संघ संस्थालाई वितरण गर्न लागेको आर्थिक सहायताको पनि साधारण सभाबाट अनुमोदन गरिनेछ ।  हाल हिमालयन बैंकको चुक्ता पुँजी ८ अर्ब ११ करोड ४५ लाख २९ हजार रुपैयाँ छ । बोनस वितरण पछि चुक्ता ८ अर्ब ५२ करोड २ लाख ५५ हजार रुपैयाँ पुग्नेछ ।

बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६४ करोड ९६ लाख ५९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ३ पैसा र प्रतिसेयर नेटवर्थ १८४ रुपैयाँ ९५ पैसा छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com