छोरीले दिइन्, मृतक बुवालाई दागबत्ति
प्रकाशित मिति : पुस १५, २०७५ आईतबार
बैतडीको सबैभन्दा दुर्गम सिगास गाँउपालिकाकी एक महिलाले आफ्ना बुवाको मृत्यू हुदाँ आफैले दागबत्ति दिएकी छिन् । सामाजिक परम्परा अनुसार छोरालेमात्रै बुवाआमालाई मृत्यूपश्चात दागबत्ति दिने प्रचलन रहेकोमा बैतडीका सिगास ७ओखडानका ७२ बर्षिय रघुबिर ऐरको मृत्यू हुदाँ उनकी छोरी बेलमतिले मलामी गएरै मृतक दागबत्ति दिएकी हुन् ।
सामाजिक परम्परा अनुसार केटीमान्छेले सबलाई छुनै पनि नहुने बताइन् । तर बेलमतिले भने आफ्ना दाजुभाई कोहि नभएकाले छोरीनै सन्तानको रुपमा हुदाँ मृतक बुवालाई दागबत्ति दिएको बताइन् । मलामी गएका अन्य गाँउलेहरुले पनि मृतककी छोरीले दागबत्ति दिने इच्छा देखाउदाँ उनको इच्छालाई नर्कान नसकेको स्थानिय बिरेन्द्र ऐरले बताए ।
मृतक ऐरकी छोरी सिगास ७ ओखडान बाट ५घण्टा हिडेर सिगास ६मौरिबगर सेतिको किनारमा बुवाको अन्तीम संस्कारमा सहभागी भएकी हुन् । सिगास ७का स्थानियबासि कसैको मृत्यू हुदाँ घरबाट निकैटाढा सेति नदिको किनारमा अन्तीम सस्कार गर्ने गर्दछन् । मृतक ऐर गाँउका मुखिया समेत थिए ।






