दक्षिण कोरियाको निर्यात अहिलेसम्मकै उच्च, २०१८ मात्र ६०० अर्ब अमेरिकी डलर नाघ्यो


प्रकाशित मिति : पुस १५, २०७५ आईतबार

दक्षिण कोरियाको सन् २०१८ को निर्यात ६०० अर्ब अमेरिकी डलर नाघेको छ । सरकारी तथ्याङ्कहरुका अनुसार दक्षिण कोरियाको यो निर्यात अहिलेसम्मकै सबैभन्दा उच्च हो ।

व्यापार, उद्योग तथा ऊर्जा मन्त्रालयले कोरियाली सामान निकासीले अहिलेसम्मका रेकर्ड तोडेको जनाएको छ । दक्षिण कोरियाले विदेशमा सामान निर्यात गर्न थालेको ७० वर्ष पुगेको छ ।

संयुक्तराज्य अमेरिका, जर्मनी, जापान र चीन समेतका छ वटा मुलुकको मात्र वार्षिक निर्यात ६०० अर्ब डलर पुगेको छ । एसियाको चौथो सर्बाधिक ठूलो अर्थतन्त्र रहेको दक्षिण कोरियाको औसत वार्षिक आर्थिक वृद्धिदर सन् १९४८ यता १६।१ प्रतिशतको हाराहारीमा रहेको छ । कोरियाले ७० वर्षअघि वार्षिक करिब १९ लाख अमेरिकी डलर बराबरको निकासी गरेको थियो ।

मन्त्रालयले वार्षिक निर्यात ६०० अर्ब डलर पु¥याउन झण्डै २३ वर्ष लागेको जनाएको छ । विश्वका सात सर्बाधिक ठूला निर्यातकर्ता मुलुकमध्ये कोरिया चौथो हो । औद्योगिक उत्पादन र निकासीका क्षेत्रमा विगत ११ वर्षमा अत्यधिक प्रगति गरेको चीन पहिलो स्थानमा रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विश्वमा यस वर्ष अत्यधिक माग रहेको सेमिकन्डक्टर्स, मेसिनरी र पेट्रोकेमिकल्सको उत्पादनमा कोरियाले फड्को मारेको छ । खासगरी, वार्षिक गणना गर्दा कोरियामा निर्मित इलेक्ट्रोनिक चिप्सको बिक्री पहिलो पटक १०० अर्ब डलरभन्दा बढी भएको छ ।

“अर्को वर्ष, विश्व व्यापारमा नकारात्मक प्रभाव पर्ने खतरा बढेको छ । जस्तै, ठूला औद्योगिक अर्थतन्त्र भएका मुलुकहरुमा अर्थतन्त्रमा केही मन्दी आउने तथा अमेरिका र चीनबीचको व्यापार विवाद लम्बिने खतरा छ,” मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । “तर दक्षिण कोरिया सरकारले सन् २०१९ मा समेत ६०० अर्ब डलर बराबरका सामान निकासी गर्नेगरी योजना बनाइरहेको छ ।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com