जापानका धेरै क्षेत्रमा भारी हिमपात, जनजीबन प्रभावित


प्रकाशित मिति : पुस १४, २०७५ शनिबार

पूर्वी र पश्चिम जापानमा भएको भारी हिमपातका कारण दैनिक जनजीबन कष्टकर बनेको छ । यसले नयाँ बर्षको विदामा घुमघामका लागि निस्कन चाहानेहरुलाई समेत प्रभाव पारेमो क्योदो न्यूजले उल्लेख गरेको छ ।

शुक्रबार चिसो हावासँगैको भारी हिमपातले तोकाई र यामागाता प्रिफेक्चरका धेरै स्थानहरुमा भएको भारी हिमपातले नागरिक प्रभावित बनेका छन् । ति स्थानहरुमा हिमपातको क्रम आइतबारसम्मै जारी रहने मौसम एजेन्सीका े अनुमान छ । साथै भोलीदेखि निगाता, कान्साईका थप भागहरु, तोहोकु, होकुरिकु सहित होक्काईदोमा समेत हिमपात हुने उनीहरुको अनुमान छ । हिमपातको सम्भावना रहेका क्षेत्रहरुमा घर बाहिरको यात्रा गर्दा सजगता अपनाउन र घर भित्र रहँदा न्यानो कपडा र वातानुकुलीत अवस्थामा रहन अधिकारीहरुले आग्रह गरेका छन् ।

जापानको मौसम एजेन्सीले होक्काईदो र होकुरिकुमा प्रतिघण्टा ७२ किलोमिटर तिब्रगतिको हावासहितको हिमपात हुने तथा तोहोकुमा ६५ किलोमिटर प्रतिघण्टाको तिब्रतामा हिमपात र चिसो हावा बहने अनुमान लगाएको छ । केही क्षेत्रमा प्रतिघण्टा १०८ किलोमिटरको दरले चिसो हावा बग्ने अनुमान लगाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यामागाता प्रिफेक्चरमा शुक्रबार बिहान ६५ बर्षिय एक बृद्ध हिउँमा मृत अवस्थामा भेटिएका छन् । हिउँ परेका समयमा पैदल हिँडिरहेका उनको अति चिसोका कारण निधन भएको ठानिएको छ ।

टोकियो र यस आसपासका क्षेत्रमा समेत शुक्रबार निकै चिसो महशुष भएको थियो । जापानको मौषम एजेन्सीका अनुसार टोकियो सहित यसको आसपासमा जनवरी दोस्रो साताबाट हिउँपर्ने सम्भावना देखिएको छ ।

प्रधानमन्त्रि सिन्जो आवेले सरकारी निकायहरुलाई बिदाको समयमा प्राकृतिक विपत्ति लगायतका अन्य आपतविपतमा ‘अलर्ट’ रहन भनेका छन् ।

२०१८ भरनै जापानले विभिन्न प्राकृतिक प्रकोपहरुको सामना गर्नुपरेको थियो । भारी बर्षा, शक्तिशाली आँधी, शक्तिशाली भूकम्प तथा अधिक गर्मीका कारण जापानभरमा धेरैले ज्यान गुमाएका थिए ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com