प्रेमीकै अगाडि किशोरीलाई जबरजस्ती गरेर भिडियो भाइरल गरिदिए
प्रकाशित मिति : पुस १४, २०७५ शनिबार
प्रेमीकै अगाडि एक किशोरीलाई जबरजस्ती गर्दै उनको भिडियो खिचेर त्यो भिडियोलाई सामाजिक संजालमा शेयर गरी भाइरल गरिएको घटना सार्वजनिक भएको छ । भारतको हिमांचल प्रदेशमा भएको यो घटनामा पुलिसले मनपरी गर्ने युवकहरुसहित किशोरीका प्रेमीसमेत विरुद्ध बलात्कारको अभियोगसहित मुद्दा दर्ता गरेको छ । पीडित नाबालिग भएको बताइएको छ । आरोपीहरु किशोरीका प्रेमीका परिचित भएको बताइएको छ जो जंगलमा यो जोडीलाई खोज्दै पुगेका थिए ।
२५ डिसेम्बरका दिन यो भिडियो सामाजिक संजालमा सार्वजनिक भएपछि पुलिस सक्रिय भएको थियो । पीडित किशोरीकी आमाको उजुरीपछि पुलिस सक्रिय भएको थियो । आरोपीहरु अहिलेसम्म फरार भएको बताइएको छ । यो घटनामा किशोरीसँग बलात्कार भएको पुष्टि भएको छ । पुलिसले बलात्कारका साथै विद्युतीय संचारमाध्यमसम्बन्धी कानुनको उल्लंघन गरेको समेत आरोप लगाएको छ ।






