१८ बर्षपछि धनकुटामा हिउँ पर्यो
प्रकाशित मिति : पुस १४, २०७५ शनिबार
१८ बर्षको लामो अन्तराल पछि धनकुटाका उच्च पहाडी भेगमा हिउँ परेको छ। हिउँ परे संगै उक्त क्षेत्रमा अहिले अत्याधिक चिसो वढेको छ।
धनकुटा सदरमुकाम देखिको माथिको हिले डाँडामा यस अघि २०५७ हिउँ परेको स्थानिय वासिन्दा जाङ्मु शेर्पाले बताईन्। त्यस्तै सिँधुवामा पनि १५ वर्ष पछि हिउँ परेको स्थानीय बासिन्दा दिपक खड्काले बताए । उनका अनुसार २०६० साल यता यस क्षेत्रमा हिउँ परेको थिएन ।
धनकुटाको पाख्रीबास, हिले देखि जोरपाटी, सिँधुवा हुँदै चित्रेसम्मको भाग हिउँले ढाकिएको छ। हिउँले ढाकिएको ती डाँडाहरु सेताम्मे देखिएको दिपकले बताए। अहिले हिउँ परेपछि यस क्षेत्रमा आवात जावत बाक्लिएको छ । धरान, धनकुटा बजार देखि मान्छेहरु हिउ खेल्न आएको उनले बताए ।
यस क्षेत्रमा दिउँसो २ बजेदेखि हिउँ पर्न सुरु गरेको हो । हिउँ पर्न थालेपछि मान्छेहरु चिसोको प्रवाह नगरी स्थानीयहरु हिउँमा भिज्दै फोटो खिच्न वाहिर निस्किएको खड्काले बताए । उनले भने, २ वजेतिर फाट्टफुट्ट हिउँ परेको थियो । करिव ३ बजेपछि १५ मिनेट मज्जाले हिउँ पर्यो । मान्छेहरु खुसी हुँदै वाहिर निस्किएर हिउमा खेल्ने थाले ।
शनिबार बिहान ६ बजेको हिलेको तापक्रम १ डिग्री सेल्सियस, सिँधुवाको २ डिग्री सेल्सियस रहेको छ।







