क्षुद्रग्रहको खोजीमा नेपाली विद्यार्थीहरु


प्रकाशित मिति : पुस १४, २०७५ शनिबार

‘राष्ट्रव्यापी क्षुद्रग्रह खोज अभियान’ अन्तर्गत काठमाडौँ उपत्यकाका २० विद्यालयका ३० समूहले मङ्गल र बृहस्पति ग्रहकाबीच क्षुद्रग्रह एवं पृथ्वी नजीक रहेका वस्तुको खोजी शुरु गरेको छ ।

शुक्रबारदेखि शुरु भएको खोज माघ ९ गतेसम्म जारी रहनेछ । खोजमा पाँच सामुदायिक र १५ संस्थागत विद्यालय सहभागी भएको नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । अभियानका सहभागीले अमेरिकाको हवाईस्थित पानोरामिक सर्वे टेलिस्कोप तथा ¥यापिड रेस्पोन्स सिस्टम अर्थात् प्यान्स्टार्सले खिचेका तस्बीरमा क्षुद्रग्रहको खोज गर्ने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए ।

खोज्ने क्रममा कुनै क्षुद्रग्रह पत्ता लागेमा खोजकर्ताको नाममा अन्तर्राष्ट्रिय एस्ट्रोनोमिकल युनियनमा दर्ता हुनेछ । हाल प्यान्स्टार्सका एक दशमलव आठ मिटरका दुई वटा टेलिस्कोप सञ्चालनमा छन् । नेपालमा माध्यमिक ९कक्षा ९–१२० विद्यालयस्तरमै अनुसन्धानात्मक काममा रुचि जगाउने कार्यक्रमको उद्देश्य छ ।

खोज सामूहिक प्रयास भएको बुझाउन अभियान थालिएको सोसाइटीले जनाएको छ । सहभागीका लागि पुस १५ र १६ गते विशेष तालीमको व्यवस्था गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com