श्रमिकहरुको हितको प्रवद्र्धन गर्न सरकार प्रतिवद्ध: श्रममन्त्री विष्ट
प्रकाशित मिति : पुस १३, २०७५ शुक्रबार
cfj @)&$÷)&% sf] dGqfno:t/Lo ljsf; ;d:of ;dfwfg ;ldltsf] a’waf/ a;]sf] a}7s tyf jflif{s ;dLIff sfo{qmdnfO{ ;Daf]wg ub}{ >d, /f]huf/ tyf ;fdflhs ;’/Iff dGqL uf]s0f{ lji6 . tl:a/M czf]s l3ld/], /f;;
सरकारले ‘योगदानमा आधारित समाजिक सुरक्षा कार्यक्रम’ कार्यान्वयनका लागि सक्दो सहयोग गर्न श्रमिक संघ, संगठनहरुलाई आह्वान गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनका लागि सक्दो सहयोग गर्न सबै श्रमिक संघ, संगठनहरुलाई आह्वान गर्नु भएको हो ।
शुक्रबार काठमाडौंमा आयोजित संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको तेस्रो श्रम संसदमा बोल्दै उहाँले सो कार्यक्रमको कार्यान्वयनका लागि सरकारले आवश्यक नियमावली, निर्देशिका र कार्यविधि तयार पारिरहेको पनि जानकारी दिनु भयो ।
योगदान गरेका श्रमिकहरुले औषधि उपचार र पेन्सनसहितको सुविधा पाउने गरी सरकारले सो कार्यक्रम घोषणा गरेको थियो । मन्त्री विष्टले विद्यमान ऐनको प्रभावकारी कार्यान्वयन गर्दै श्रमिकहरुको हितको प्रवद्र्धन गर्न सरकार प्रतिवद्ध रहेको दावी पनि गर्नु भयो ।
मन्त्री विष्टले श्रमिकहरुको हक, हितको उचित व्यवस्था गर्न सरकार क्रियाशील रहेको पनि बताउनु भयो । श्रमिक, रोजगार दाता कम्पनी र सरकार तीनै पक्षबीचको संयुक्त छलफलबाट श्रमिकहरुको श्रमको सम्मान गर्ने मन्त्री विष्टको योजना छ ।






