दोलखाको जिरीमा भारी हिमपात हुन थाल्यो !
प्रकाशित मिति : पुस १३, २०७५ शुक्रबार
शुक्रबार बिहानको तापक्रम यो वर्षकै कम मापन गरिएको छ । शुक्रबार देशैभरि चिसो बढ्नुका साथै हिमाली भेगमा हिमपात भएको छ । चिसो बढेसँगै दोलखाको जिरीमा हिमपात शुरु भएको छ । जिल्लाको हिमाली क्षेत्रमा बाक्लो हिमपात हुन थालेको त्यहाका स्थानीयले जानकारी दिए ।
आज बिहान काठमाडौंको तापक्रम १ दशमलव ४ डिग्रीमा झरेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
यसअघि बुधबार १ दशमलव ५ डिग्री मापन गरिएको काठमाडौंको न्यूनतम तापक्रम बिहीबार भने बढेर तापक्रम ५ दशमलव ५ डिग्री पुगेको थियो । यस्तै, डडेलधुराको तापक्रम पनि माइनसमा पुगेको छ ।
हुम्लामा हिमपात भएपछि शुक्रबार बिहान सिमिकोटको तापक्रम माइनस १३ डिग्री सेल्सियसमा झरेको छ । डडेलधुराको तापक्रम माइनस १ दशमलव ३ डिग्रीमा झरेको जल तथा मौसम पूर्वानुमान महाशखाले जनाएको छ ।
जुम्लाको तापक्रम भने बढेको छ । बिहीबार जुम्लाको तापक्रम माइनस ६ दशमलव २ डिग्री मापन गरिएको छ । बुधबार भने जुम्लाको तापक्रम माइनस ८ डिग्री पुगेको थियो ।
त्यसैगरि बिहीबार दिउँसोदेखि चिसो बढेसँगै मनाङमा हिमपात शुरु भएको छ । जिल्लाको माथिल्लो भेग खांसार, भीमताङ, गुवाल,मनाङगाउँलगायत ठाउँमा बाक्लो हिउँ परेको छ






