अस्पतालको फोहर व्यवस्थापन नहुँदा बिरामी तथा कुरुवालाई समेत संक्रमण


प्रकाशित मिति : पुस १३, २०७५ शुक्रबार

मेडिकल सिटीको रूपमा विकास भइरहेको भरतपुरमा अस्पतालबाट निस्किने फोहर मुख्य समस्याका रूपमा देखापरेका छ । अस्पतालको फोहर व्यवस्थापन गर्ने आधुनिक प्लान्ट नहुँदा उपचारका लागि आउने बिरामी तथा कुररुवालाई समेत संक्रमण हुने सम्भाबना छ ।

भरतपुर महानगरमा क्यान्सरको उपचार हुने देशकै ठूलो विपी मेमोरियल क्यान्सर अस्पताल, सरकारी अस्पताल भरतपुर अस्पताल, दुई ठूला मेडिकल कलेजलगायत झण्डै २६ अन्य ठूला निजी अस्पताल र १०० भन्दा बढी निजी क्षेत्रबाट सञ्चालित पोलिक्लिनक छन् । यहाँ विभिन्न जिल्लाबाट बिरामी उपचार गर्न आउँछन् ।

अस्पतालबाट दैनिक दुई टन अस्पतालजन्य संक्रमित फोहर निस्किने गरेको महानगरपालिकाको तथ्याङकमा उल्लेख छ । अस्पतालहरुले फोहरलाई परिसरभित्रै सामान्य सेप्टी ट्याङ्कीमा फाल्ने गरेका छन् । यस्ता फोहरको दुर्गन्ध अस्पतालसम्मै आउने गरेको गुनासो बिरामीहरुको छ ।

अस्पताल सञ्चालनमा ल्याउँदा संक्रमित फोहरको आफै प्रबन्ध मिलाउँछौँ भनेर प्रतिबद्धता गरिए पनि यस्ता फोहरको विषयमा खासै ध्यान दिएको नपाइएको भरतपुर महानगरपालिकाका प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले जानकारी दिनुभयो । “अस्पतालभित्र फोहर छुट्याएर राखिए पनि एकै ठाउँमा फाल्ने गरिएको पाइन्छ ” , अधिकृत सुवेदीले भन्नुभयो, “मानव स्वास्थ्यमा गम्भीर असर गर्ने यस्ता फोहर व्यवस्थापनमा बेवास्था भइरहेको छ । ती अस्पतालले गम्भीरताका साथ तोकिएका शर्तहरु पालना गर्नुपथ्र्यो ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अस्पतालले सेप्टी ट्याङ्कीबाट कुहिएर निस्किने झोललाई खुला जमीनमै विर्सजन गर्दै आइरहेको छ । यस्ता फोहरले मानव स्वास्थ्य र वातावरणमा सिधैँ असर पु¥याउँछ । लामो समयदेखि यस्ता फोहर व्यवस्थापनका लागि बहस चल्दै आइरहे पनि प्लान्ट निर्माण गर्न अस्पतालमा जग्गा अभाव भएका ले समस्या समधान हुनसकेको छैन ।

उचित स्थान, साधन र स्रोतको अभावमा प्लान्ट निर्माण गर्न सकिएको छैन । यसका लागि भरतपुर अस्पतालको जग्गामा डिपिआर गर्न भरतपुर महानगरपालिकाले  पाँच लाख छुट्याएको पनि छ र कोरियाली फोहर व्यवस्थापन कम्पनी सुडुकोनसँग प्लान्ट निर्माणका लागि सम्झौता पनि भइसकेको छ तर पनि कार्यान्वयनमा भने चासो देखाइएको छैन ।

यहाँका अस्पतालले फोहर व्यवस्थापनका लागि अझैसम्म छुट्टै फोहर व्यवस्थापन समिति पनि बनाएका छैनन् । ती अस्पताललाई फोहर व्यवस्थापनका लागि सुझाव दिएका छाँै, भरतपुर महानगरपालिका वातावरण समितिका संयोजक पदमपाणि सुवेदीले भन्नुभयो, “अस्पतालमा फोहर व्यवस्थापन गर्न सहयोगसँगै अनुगमनलाई पनि तीव्रता दिन्छौँ । यस विषयमा सबैभन्दा पहिला अस्पताल नै गम्भीर बन्न जरुरी छ ।”

भरतपुर महानगरपालिकाले जिल्लाका निजी तथा सरकारीमा संक्रमित फोहरबारे अनुगमन गर्ने जनाएको छ । जिल्लाका सबै अस्पतालमा अनुगमन गर्ने निर्णय गरेको भरतपुर महानगरपालिकाका वातावरण शाखा प्रमुख विराट घिमिरेले जानकारी दिनुभयो । पहिलो चरणमा अस्पतालमा गएर प्राराम्भिक प्रतिवेदन तयार पार्छौँ, उहाँले भन्नुभयो, “अस्पतालका सञ्चालकलाई यस विषयमा सचेत गराउँछौँ, लापरवाही गरेको पाइएमा कारवाहीको दायरमा ल्याउँछाँै ।”

भरतपुर महानगरपालिकाले आफ्नो फोहरलाई आफँै व्यवस्थापन गर्न अस्पताललाई आग्रह गर्दै आइरहेको छ । अस्पतालजन्य फोहर समयमै व्यवस्थापन नगरे यहाँ ठूलो समस्या आईपर्नेमा स्थानीय बासिन्दामा चिन्ता छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com