अमेरिकी राष्ट्रपति ट्रम्प अचानक इराकमा


प्रकाशित मिति : पुस १२, २०७५ बिहीबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकको आकस्मिक भ्रमण गर्नुभएको छ । उहाँ अमेरिकी राष्ट्रपति निर्वाचित भएपछिको यो पहिलो पटक इराक पुग्नुभएको हो ।

उहाँको यो भ्रमण पूर्व घोषित नभई अकस्मात भएको बताइएको छ । राष्ट्रपति ट्रम्पले इराकको भ्रमण गरेर त्यहाँबाट जर्मनी प्रस्थान गरेको केही घन्टापछि मात्र उहाँको भ्रमणको बारेमा जानकारी गराइएको थियो ।

इस्लामिक स्टेट परास्त भैनसकेको र सिरियामा जारी गृहयुद्ध पनि समाप्त नभएको अवस्थामा सिरियामा तैनाथ करिब दुई हजार अमेरिकी सेना फिर्ता गर्ने र विश्वव्यापी रुपमा अमेरिकी सुरक्षा अधिकारीको भूमिकालाई अन्त्य गर्ने ट्रम्पले घोषणालाइ गर्नु भएको थियो ।

यस्तो अवस्थामा अमेरिकी राष्ट्रपति ट्रम्पले गर्नुभएको इराक भ्रमणलाई अर्थपूर्ण रुपमा लिइएको छ । राष्ट्रपति ट्रम्प र अमेरिकी प्रथम महिला मेलानिया स्थानीय समयाअनुसार बुधबार बेलुका ७ः१६ मा पश्चिम इराकमा रहेको अल असाद एयर बेसमा पुग्नु भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राष्ट्रपति ट्रम्पले इराक छोड्नु केही घण्टा अगाडि करिब एक सय जना अमेरिकी विशेष सैन्य कमाण्डर र अरु केही अधिकारीहरुसँग सामुहिक वार्ता गर्नुभएको थियो ।

यसरी विभिन्न समूहमा छुट्टाछुट्टै रुपमा गरिएको वार्ताको क्रममा हाल इराकमा रहेका अमेरिकी सैनिकको अवस्थाका साथै इराकको सुरक्षा अवस्थाका बारेमा कुराकानी भएको बताइएको छ ।

यसअघि नै इराकका प्रधानमन्त्री अदेल अब्देलसँग ट्रम्पको औपचारिक भेटवार्ता हुने कुरा थियो । तर पछि भने उहाँहरुबीच भेट नभई फोनवार्ता मात्र भएको बताइएको छ ।

इराकी प्रधानमन्त्रीको कार्यालयद्धारा जारी विज्ञप्तिका अनुसार सो वार्ताका क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले इराकी प्रधानमन्त्रीलाई अमेरिका भ्रमणको निमन्त्रणा दिनुभएको थियो ।

त्यस फोनवार्ताका क्रममा अमेरिकी सेना फर्काउने विषयमा उहाँहरुबीच कुराकानी भए नभएको बारेमा भने केही बताइको छैन । इराकको उक्त अमेरिकी सैन्य बेस क्यापमा हसिलो मुहार लगाएर अमेरिकी राष्ट्रपतिको स्वागतार्थ बसेका अमेरिकी सुरक्षा अधिकारीहरुसँग राष्ट्रपति ट्रम्पले हात मिलाएका थिए । साथै उहाँले सैन्य अधिकारीहरलाई अटोग्राफ पनि दिनुभएको थियो ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले यससम्बन्धी भिडियो पनि सार्वजनिक गरेकोे छ । राष्ट्रपति ट्रम्प इराकको उक्त भ्रमण सकेर जर्मनी पुग्नुभएको अर्काे एक समाचारमा जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com