क्यान्सर पीडित बाबुलाई छोराको तिरष्कार , बैतर्नी गर्न छोरो लिन जादा सम्धिनीले गाली गरेर फर्काइदिइन्
प्रकाशित मिति : पुस १२, २०७५ बिहीबार
आदर्शनगरमा अर्काको घरको पालीमा शरण लिएर बसेका गणेश राना (७२) ले कमाएको सम्पत्ती क्यान्सरको उपचारमा सकिएको छ। बोल्न, हिँड्न र खान नसक्ने अवस्थामा पुगेका उनको स्याहार गर्दै आ एकी श्रीमती दुर्गाले विराटनगरस्थित ससुराली घरमा बस्दै आएका छोरा विजय बाबु अन्तिम अवस्थामा पुग्दा पनि नआएको बताइन्।बाबुको बैतर्नी गर्न छोरो लिन गएकी दुर्गालाई सम्धिनीले गाली गरेर फर्काइदिइन्। विजयलाई लिन स्थानीय बासिन्दाको एक समूह १० पुसमा उनको ससुराली पुग्यो। तर, उनी आउन नमानेको कटहरी-२ की वडा सदस्य कमला कोइरालाले बताइन्।
दुर्गाका अनुसार बोली बन्द हुनु अघिसम्म गणेश छोरा विजयकै नाम लिइरहन्थे।विवाहपछि ससुरालीमै बस्दै आएका विजय वैदेशिक रोजगारीमा गएका थिए। दुई साताअघि छोरा विदेशबाट फर्किएको थाहा पाएर दुर्गा बोलाउन गइन्। युवा अवस्थामा पोखराबाट काम को खोजीमा विराटनगर आएका गणेशले कोशी अञ्चल अस्पतालस्थित साझा स्वास्थ्य सेवामा जागिर खाएर ६ वर्षअघि निवृत्त भएका थिए। हालसम्म उनको उपचारमा रु २० लाख खर्च भएको र रु २ लाख ५० हजार ऋण रहेको दुर्गाले बताइन्।गणेशको मलद्वारको क्यान्सर फैलिएर उपचार नहुने अवस्थामा पुगेको छ। उपचारकै क्रममा दुर्गाले चलाउँदै आएको पसल पनि बेच्नुपर्यो।
विराटनगरको डेराको बसाइ खर्चिलो भएपछि उनीहरू नजिकैको कटहरी गाउँतिर लागे। चिनजानका अशोक गिरीले भाडामा बस्दै आएको घरको बाहिरको भागमा उनीहरूलाई बस्न दिएका छन्। त्रिपाल बेरेर बस्दै आएका दम्पतीका लागि खाने व्यवस्थासमेत छैन।उ नीहरूको दयनीय अवस्था देखेर गाउँलेबाट रकम संकलन गरी रु ५ हजार ६ सय रुपैयाँ दिइएको वडाध्यक्ष किशोरकुमार पाण्डेले बताए। जागिरबाट निवृत्त भएपछि पाएको रु ७ लाखले कटहरीमा ७ धुर जमिन र विराटनगरमा खरिद गरेको पसल दुवै बेचेर गणेश को उपचार गराएको दुर्गाले बताइन्। सन्तानका नाममा एक मात्र छोरा विजयलाई बाबुले हेर्न पाए भने सजिलै प्राण जाने उनको भनाइ छ।






