सगरमाथा चढ्ने साउदीको पहिलो महिला सम्मानित


प्रकाशित मिति : पुस १२, २०७५ बिहीबार

सगरमाथा आरोहण गर्ने साउदी अरबको पहिलो महिला राहा मोहर्कलाई नेपाली दूतावासले सम्मान गरेको छ । साउदीका लागि नेपाली राजदूत प्रा. डा. महेन्द्रप्रसाद सिंह राजपुतले रियादस्थित दूतावासमा मोहर्कलाई सम्मान गरेका हुन् ।

साउदीको रियादस्थित नेपाली दूतावासले पर्यटन प्रवर्द्धनसम्बन्धी कार्यक्रम गर्ने क्रममा मोहर्कलाई सम्मान गरिएको हो । सो कार्यक्रममा राजदूत राजपुतले नेपालको पर्यटन क्षेत्र र भिजन २०२० बारे धारणा राख्दै मोहर्कको आरोहणले नेपाल र साउदी जनताबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन भूमिका खेलेको बताएका थिए ।

आरोही मोहर्कले सगरमाथा आरोहणका अनुभूतिहरु राख्दै नेपालको प्राकृतिक सुन्दरताले आफू मोहित बनेको बताइन् । साथै नेपाली जनताको न्यानो माया पाउँदा निकै खुसी लागेको उनले बताइन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

Online Khabar

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com