अष्ट्रेलियामा घरबारविहीनको संख्या बढ्दै, १ लाख १० हजार घरबारविहीन


प्रकाशित मिति : पुस १२, २०७५ बिहीबार

विश्वकै महँगो शहरमा सूचीकृत अष्ट्रेलियाको सिड्नीमा घरवारविहीनको संख्या बढ्दै गएको छ ।

अष्ट्रेलियाका शहरमध्ये सिड्नीमा घरबारविहीन संख्या ७० प्रतिशतले बढेको देखिएको छ । अष्ट्रेलियाभरीमा १ लाख १० हजार घरबारविहीन रहेको तथ्यांक सार्वजनिक भएको छ ।

यसैबीच बस्नका लागि विश्वका सबैभन्दा महँगा शहरको सूचिमा सिड्नीले न्यूयोर्क र लण्डनलाई पनि पछि पारेको छ । ईकोनोमिष्ट ईन्टेलिजेन्स युनिटको अध्ययन अनुसार अघिल्लो वर्षभन्दा चार कदम अघि बढेर सिड्नीले महँगा शहरको सूचिमा आफुलाई टप टेनमा उभ्याएको हो । यो अध्ययनमा भाडा, खाना, लुगा, पेट्रोल र चुरोट लगायतको मूल्यलाई आधार बनाइएको हुन्छ । विश्वका १ सय ६० शहरहरुको विश्लेषणमा सिंगापुर विश्वको सबैभन्दा महँगो शहरमा दरिएको छ ।

सिड्नीको औसत दुई बेडरुम युनिटको ९ सय १० डलर प्रतिप्ता रहेको छ जहाँकी ८ सय ९६ डलरमा न्यूयोर्कमा त्यही दुई बेडरुमको युनिट पाउन सकिन्छ । न्यूयोर्क यो सूीचमा चौध नम्बरमा परेको छ भने लण्डन ३० औं नम्बरमा छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com