अमेरिकामा अर्का बालकको पनि अध्यागमन हिराशतमा निधन, कारण के हो ?


प्रकाशित मिति : पुस ११, २०७५ बुधबार

अमेरिकाको सरकारी हिराशतमा ८ बर्षका अर्का ग्वाटेमालाका बालकको पनि मृत्यु भएको छ । यसैमहिना अमेरिकाको हिराशतमा आप्रवासी बालबालिकाको मृत्यु भएको यो दोश्रो घटना हो । क्रिसमसका दिन ती बालकको मृत्यु भएको हो ।

सोमबार बालक बिरामी भएको संकेत मिलेपछि न्यु मेक्सिको राज्यको अस्पतालमा लगिएको थियो । बालकलाई रुघा र ज्वरो आएको डाक्टरले बताएका थिए । त्यसपछि उनलाई एमोक्सिलिन र बुफ्रिन औषधी दिएर अस्पतालबाट डिस्चार्ज गरिएको थियो ।

रिंगटा लाग्ने र बान्ता हुने भएपछि ती बालकलाई सोमबार बेलुका पुन अस्पताल लगिएको थियो । त्यसपछि उपचारका क्रममा उनको निधन भएको थियो । बालकको मृत्युको कारण भने अहिलेसम्म नखुलेको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको इन्सपेक्टर जनरलले जनाएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

केही दिन पछि ७ बर्षकी ग्वाटेमालाकै बालिकाको अध्यागमन हिराशतमा मृत्यु भएको थियो । ती बालिका ज्याकलिन कालको शब सोमबार उनको परिवारलाई बुझाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com