६० वर्षसम्म फिल्ममा काम गरेका धर्मेन्द्र अहिले गाई भैंसी पाल्छन्


प्रकाशित मिति : पुस ११, २०७५ बुधबार

बलिउडका चर्चित अभिनेता धर्मेन्द्र (८३) आफ्नो नयाँ भिडियोका कारण चर्चामा छन्। यो भिडियोमा धमेन्द्र आफ्नो लोनावलास्थित हार्महाउसमा घुम्दै र प्रकृतिको आनन्द लिइरहेका छन्। ८३ वर्षको उमेरमा पनि एकदम फिट देखिने धमेन्द्र दैनिक मर्निङ वाक गर्न बिर्सिँदैनन्। धर्मेन्द्रलाई विहानको सूर्योदय हेर्न निकै मन पर्छ। धमेन्द्रले एक स्टाटस लेख्दै भनेका छन्–मैले काम कमाउनलाई धेरै तपस्या गरेको छु। मेरो ६० वर्षको मेहनत मेरो ज्यान भन्दा पनि प्यारो छ।’धर्मेन्द्र यतिबेला मुम्बइको भिडभाड भन्दा टाढा प्रकृतिको काखमा आफ्नो जीवन बिताइरहेका छन्।

धमेन्द्र आफ्नो फार्महाउसमा कहिले आँप टिप्दै गरेको त कहिले रक गार्डेनमा समय बिताउँदै गरेको देखिन्छ। उनले आफ्नो फार्म हाउसमा अर्गानिक तरकारी मात्रै गाई भैंसी पनि पालेका छन्। त्यतिमात्रै होइन कुकुर, हाँस, कुखुरा, घोडा पनि पालेका छन्। कयौं पटक धर्मेन्द्रले फार्महाउसको फोटो पनि सामाजिक संजालमा शेयर गरेका छन्। धर्मेन्द्रको फार्महाउस नजिक पहाड र झरना पनि छ। साथै नजिकै हजार फिट गहिरो तल पनि छ।धर्मेन्द्रले एक अन्तर्वाताका क्रममा जतिबेला उनी फिल्म क्षेत्रमा प्रवेश गरेका थिएनन् त्यतिबेला उनी जालन्धरमा सन्त सिनेमा हलमा फिल्म हेर्न जाने गरेको बताएका थिए।

त्यही हलमा फिल्म हेर्दा हेर्दै आफू पनि हिरो भन्ने सोच बनाएका थिए। सन्त सिनेमा हाल ११ वर्ष पहिला बन्द भइसक्यो। धर्मेन्द्रले १९५८ मा फिल्म ‘दिल भी तेरा हम भी तेरा’ बाट बलिउडमा डेब्यू गरेका थिए।आफ्नो ६ दशक लामो करियरमा धर्मेन्द्रले करिव २७० फिल्ममा काम गरेका छन्। धर्मेन्द्रकी पहिली श्रीमती प्रकाश कौर लाइमटाइमबाट टाढा बस्छिन्। उनका निकै कम फोटो मात्र सार्वजनिक भएका छन्। धर्मेन्द्रले प्रकाशसँग १९५४ मा १९ वर्षको उमेरमा विवाह गरेका थिए। उनीहरुका चार सन्तान छन्। अजय सिंह, (सनी) विजय सिंह (बबी), बिजेता र अजेता देओल छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com