‘युवालाई रोजगार दिने अभियान शुरू’


प्रकाशित मिति : पुस ११, २०७५ बुधबार

नेपाल तरुण दलका महासचिव एवं नेपाली कांग्रेसका युवा नेता भूपेन्द्रजंग शाहीले देशभरका युवाहरुलाई रोजगारी दिनेगरी देशव्यापी अभियान शुरु गर्न लागेको बताउनु भएको छ । मंगलबार मध्यपुरथिमिको राधे राधे चोक ग्लोरी स्कुल नजिकै संचालनमा आएको ‘द रोयल बर्गर हाउस’ को उद्घाटन गर्दै उहाँले नेपाल तरुण दलले अब देशव्यापी अभियान शुरु गर्ने भएको बताउनु भएको हो ।

उहाँले भन्नुभयो–“आगामी माघ महिनादेखि उपत्यका लगायत देशको सातवटै प्रदेशमा ‘उद्यमशिल युवा सृजनशिल युवा’ अभियान शुरु गर्न लागेको छ, यसका लागि देशका सफल र ठूला उद्योगी ब्यावसयाीहरुसँग तरुण दलले छलफल गरिरहेको छ ।”पहिलो चरणमा देशभरका १० हजार युवालाई उद्यमी बनाउने उदेश्य रहेको बताउदै उहाँले व्यबसायमा सफल हुने सुत्र सहित युवाहरुलाई उद्यम र व्यबसायमा लगाउने बताउनुभयो ।

उहाँले भन्नुभयो–“बेरोजगार समस्या हटाउने दायित्व राज्यको हो तर अहिले युवाहरु आफै व्यबसायी बन्न थालेका छन्, युवाहरु आफै उर्जनशिल भएर काम गर्नु सबैको लागि प्रेरणादायी हो ।” उहाँले नेपाली कांग्रेसको महासमिति बैठकले का।ग्रेस पार्टी भित्रको विवाद र समस्या समाधान गर्न सफल भएको बताउदै कांग्रेस अब एक ढिक्का भएर अगाडि बढ्ने बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com