जापानले वार्षिक झण्डै ४० हजार नेपाली कामदार लैजाने


प्रकाशित मिति : पुस ११, २०७५ बुधबार

जापानले वार्षिक झण्डै ४० हजार नेपाली कामदार लैजाने भएको छ ।

विदेश कामदारको नीति परिवर्तन गर्दै जापानले नेपालसहित ९ देशबाट विदेशी कामदार भित्र्याउने निर्णय गरेको हो । जापानले दक्षिण एसियाबाट नेपाली कामदारलाई मात्र भित्र्याउने तयारी गरेको हो।

मंगलबार जापानले विदेशी कामदारका लागि १२६ वटा मापदण्ड तय गरेसँगै बाटो खुलेको हो।

तर नयाँ कामदार भर्नाको प्रक्रिया भने आगामी चैत १५ सम्म टुङ्ग्याउने जनाएको छ। जापानले द्धिपक्षीय श्रम सम्झौता गरेर मात्र कामदार भित्र्याउने तयारी गरेको हो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आउँदो वैशाखमा जापानले कामदार भित्र्याउन परीक्षा लिने तयारी गरेको जापान टुडेले जनाएको छ।

जापानले सहरी क्षेत्र बाहिर कामदारको अभाव पूर्तिका लागि विदेशी कामदार भित्र्याउने नीति लिएको हो।

जापानले विदेशी कामदारको सहयोगका मुख्य सहर बाहिरका स्थानहरूमा एक सय वटा बुहसांस्कृतिक केन्द्र स्थापना गर्ने तयारी समेत गरेको छ।

यस्ता केन्द्रहरूमा प्रहरी, इमरजेन्सी सेवासमेत उपलब्ध हुनेछन्। साथै बच्चा हेरचाह केन्द्रसमेत बनाउने तयारी जापानको छ।

जापानले कामदार लिदाँ प्राविधिक कामदार लिने नीतिसमेत तय गरेको छ।

१४ औद्योगिक क्षेत्रसहित नर्सिङ, निर्माण तथा सरसफाइमा विदेशी कामदार प्रयोग गर्ने जापानी तयारी छ।

१८ वर्ष पुगेका व्यक्तिलाई रोजगारीमा लैजाने र त्यसका लागि कुनैपनि किसिमको दलालको सहारा तथा कुनै रकम डिपोजिट राख्न नपर्ने व्यवस्था गरिने जापान सरकारले स्पष्ट गरेको छ।

जापानले नया नीतिसँगै पहिलो पाँच वर्षमा ६० हजार नर्स भित्र्याउने लक्ष्य राखेको जनाएको छ।

त्यस्तै रेष्टुरेण्ट क्षेत्रमा ५३ हजार भित्र्याउने लक्ष्य राखेको छ।

जापानले पहिलो पाँच वर्षमा वार्षिक झन्डै चालिस हजार नेपाली कामदार लैजाने गरी कोटा छुट्याएको छ । आउँदा वर्षहरूमा यो संख्या अझै बढ्ने बताइएको छ।

नेपालसँगै भियतनाम, चीन, फिलिपिन्स, इण्डोनेसिया, थाइल्याण्ड, म्यानमार, कम्बोडिया र मंगोलियासँग कामदार लिने जनाएको छ।

जापानका मुख्यसचिव योशोहिदा सुगाले कामदारका लागि नयाँ भिसा सिस्टम लागु हुने बताए।

‘यो प्रक्रियाले थोरै कामदार भएका कम्पनी तथा साना तथा मझौला कम्पनीलाई फाइदा हुनेछ। यो भिसा सिस्टम आउँदो अप्रिलबाट कार्यान्वयनमा ल्याउने तयारी छ’, सुगाले पत्रकार सम्मेलनमा भने।

सुगाले आफूले प्रधानमन्त्री सिन्जो आबेलाई सन् २०१७ को हिउँदमा अस्पतालहरू नर्सविहीन भएको रिपोर्ट दिएलगत्तै विदेशी कामदारका लागि ढोका फराकिलो बनाउन निर्देशन पाएको समेत उल्लेख गरेका छन्।

जापानमा पछिल्लो समय राजनीतिक एजेन्डासमेत कामदार अभाव बन्दै आएको थियो।

प्रधानमन्त्री आबेको पार्टीले स्थानीय निर्वाचनअघि नै कामदार अभाव अन्त्य गर्ने चाहाना राखेकाले पनि प्रक्रिया छिटो बढ्नै बताइएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com