केही महिना अघि मात्रै जापान आएका राईको असामयिक निधन


प्रकाशित मिति : पुस १०, २०७५ मंगलबार

जापानमा एक नेपाली युवाको आकस्मिक निधन भएको छ । केही महिना अघि मात्र पर्यटक भिसामा जापान आएका धनकुटा खोकु छिन्ताङ निवासी २३ वर्षीय युवराज राईको सुतेकै अवस्थामा निधन भएको छ । उनको मृत्यु के कति कारणले भएको हो भन्ने एकिन भैसकेको छैन ।

मातृसन्देश डट कममा प्रकाशित समाचार अनुसार राईको जापानको ईबाराकी प्रान्तको ईनाशिकीमा सामान्य अवस्थामा साँझको खाना खाएर सुतेकै अबस्थामा आइतबार आकस्मिक निधन भएको हो । मृतक राईको के कारणले निधन भएको हो भन्नेबारे कारण खुल्न सकेको छैन ।

किरात राई यायोक्खा जापानका सल्लाहकार संजीव राईले बेलुका खाना खाएर साथीहरूसंग फोनमा कुरा गरेर सामान्य अवस्थामा सुतेको राईको बिहान उठाउदा नउठेपछि हेर्दा मुत्यु भैसकेको उनका साथीले जानकारी दिएको जानकारी गराएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com