क्रिसमस मनाउन अर्जेन्टिना पुगे लियोनल मेस्सी
प्रकाशित मिति : पुस १०, २०७५ मंगलबार
बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सी अर्जेन्टिना पुगेका छन् ।
क्रिसमस मनाउन उनी अर्जेन्टिना पुगेका हुन् । सेल्टा भिगोविरुद्ध २-० गोलको जित निकालेपछि मेस्सी सपरिवार अर्जेन्टिना लागेका थिए ।
उनी पत्नी एन्टोनिला रोकुजा र छोराहरु माटियो, थियागो र सिरोलाई लिएर अर्जेन्टिना पुगेका हुन् ।
उनी जनवरी २ मा ट्रेनिङका लागि बार्सिलोना फर्किनेछन् । जनवरी ६ मा बार्सिलोनाले गेटाफेविरुद्ध खेल खेल्दैछ ।
लिग लिडर बार्सिलोनाको ३७ अंक रहेको छ ।






