रात्रिबसमा परिचारिका


प्रकाशित मिति : पुस १०, २०७५ मंगलबार

रात्रिबसमा महिला कर्मचारीले चिया–कफी र पानी सोध्छिन् । ल्याइदिन्छिन् । यात्रा बसकै हो ! बेनी–काठमाडौं बसमा दुइटी साहसिला र स्वावलम्बी परिचारिका छन् । अन्नपूर्ण गाउँपालिका–५, पाउद्वार घर भई राजधानीको त्रिचन्द्र कलेजमा बीएस्सी दोस्रो वर्षकी छात्रा कुसुम राना र बेनीको माउन्ट एभरेस्ट माविबाट १२ कक्षा उत्तीर्ण अन्नपूर्ण–१, दोबाकी राशु राम्जाली ।सार्वजनिक यातायातमा थोत्रा गाडी र फोहोरी गालीमा हुर्केका चालक, सहचालक र साहुको ठालु व्यवहार भोग्ने धेरै छन् । महिला अझ बढी प्रताडित छन् । केही सुधार भने हुँदै छ । रात्रिबसमा महिलालाई यात्रा पनि सजिलो लाग्दैन ।आजको कान्तिपुर दैनिकमा समाचार छ ।

बसका कर्मचारी पढे–लेखेका महिला हुँदा भने यात्रा नै सहज भएको छ । राना र राम्जालीले बसमा काम गर्दा आत्मविश्वास बढेको अनुभव सुनाए । राम्जालीका पिता वैदेशिक रोजगारीमा बहराइन छन् भने रानाका पिता शिक्षक हुन् ।राम्जालीको अनुभवमा कलेजका साथीभन्दा रात्रिबसका ड्राइभर, खलाँसीका शब्द सभ्य छन् । त्यही भएर उनलाई काम सुरक्षित र स्वाभाविक लागेको छ । ‘सञ्चालक र स्टाफहरू सभ्य भए व्यवसाय सभ्य बन्छ, सभ्य संस्कृति बने यात्रु आफंै सम्हालिने रहेछन्,’ उनले भनिन् ।

महिला परिचारिका देखेर महिला यात्रु खुसी हुने गरेको रानाले पनि देखिन् । ‘अन्त काम नपाएर म बसमा बसेकी होइन,’ उनले भनिन्, ‘विचार राम्रो लाग्यो । सबैको व्यवहार पनि राम्रो छ ।’राना र राम्जाली म्याग्दी–कोरला यातायात प्रालिले सञ्चालन गरेका सुविधायुक्त बसमा मुस्कानसहित यात्रुको स्वागत र सहयोग गर्छन् ।काठमाडौंबाट बेनी आएका रघुगंगा गाउँपालिका–५, पाखापानीका असुन पाइजाले रात्रिबसमा महिला कर्मचारीको सत्कार पहिलो पटक अनुभव गरे । भने, ‘हाम्रा पहाडी सडकमा यस्ता सुविधायुक्त गाडी र परिचारिकाको सत्कार पाइएला भन्ने कल्पना थिइनँ

बेनी–पोखरा–काठमाडाैं सुविधायुक्त बस सञ्चालनको होडबाजी जस्तै छ । बस प्राय: नयाँ छन् । वातानुकूलित बसभित्र फ्रिज छ । २१ यात्रु सिट छ । फ्लस सिस्टमको शौचालय, डिजिटल लकर, मिनी रेस्टुरेन्ट, सिटमा मोबाइल, ल्यापटप तथा आइप्याड चार्जर र कफी राख्ने ट्रे । यात्रुलाई टिकटमै जोडिएको खर्चमा नास्ता र चिसो–तातो पेय पदार्थ वितरण गरिन्छ

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मर्यादित सेवा, गुणस्तरीय सुविधा र न्यायोचित मूल्य आवश्यक छ,’ कम्पनीका अध्यक्ष सुरज केसी भन्छन्, ‘यात्रुको आधारभूत सुविधा, सन्तुष्टि र विश्वास कायम राख्न महिला कर्मचारीले मद्दत पुर्‍याएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com