बेवारिसे सडक मानव व्यवस्थापन गर्न भक्तपुरको अग्रसरता


प्रकाशित मिति : पुस १०, २०७५ मंगलबार

चागुनारायण नगरपालिकाको आयोजना र मानव कल्याण समाज (सेवा घर) को सहजिकरणमा भक्तपुर जिल्लामा रहेका बेवारीसे सडक मानव व्यवस्थापन सम्बन्धी सरोकारवाला निकायहरुसङ्ग अन्तरकृया कार्यक्रमा सम्पन्न भएको छ । २०७५ साला बैशाख २४ गतेबाट भक्तपुरका सडक तथा सार्वजनिक स्थलहरुमा कस्टकर जीवनयापन गर्न बिवस सबै उमेर समुहका अशक्त अनाथ अपाङ्ग असहाय र मनोरोगी ब्यक्तिहरुलाई सेवा गर्दै आएको मानव कल्याण समाजको सेवा कार्यबाट प्रभाबित भई यस कार्यलाई हामी स्थानिय निकाय र जनप्रतिनिधिले पनिले पनि साथ दिन जरुरी ठानेर कार्यक्रमको आयोजना गरिएको कुरा चागुनारायण नगरपालिकाको उपप्रमुख बिन बास्तोलाले बताउनुभयो ।

कार्यक्रमका अतिथि सुर्यबिनायक नगरपालिकाको उपप्रमुख जुना बस्नेतले मानवीय कल्याणको रुपमा उत्कृष्ट सेवा गरी भक्तपुर बासिको मन जित्न सफल सेवा घरले चालेका हर कदममा सुर्यबिनायक नगरपालिका साथमा रहने प्रतिबद्दता जाहेर गर्नुभयो भने प्रमुख अतिथी जिल्ला समान्वय समितिका प्रमुख नवराज गेलालले बेवारिसे सडक मानवको सेवासङ्गै यसको दिर्घकालिन समाधान तर्फ लाग्नुपर्नेमा जोड दिदै यस कार्यलाई जिल्लाब्यापी बनाउन र जिल्लाका सम्पूर्ण सरोकारवाला निकायहरुलाई यस मानवीय कार्यमा अग्रसर गराउन जिल्ला समन्वय समितिले पनि निकट भविष्यमा नै यस्ता कार्यक्रम आयोजना गर्ने प्रतिबद्दता व्यक्त गर्नुको साथै बेवारीसे सडक मानव व्यवस्थापना गर्न प्रदेश सरकारसङ्ग आर्थिक तथा प्राबिधिक सहयोगको लागि समान्वय समितिले अपिल गर्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा गैर सरकारी महसंघका केन्द्रिय शदश्य बाल मुकुन्द सुवालले मनोरोगी, बालबालिका र अपाङ्गहरुलाई एकै ठाउमा राखेर सेवा गर्नु आँफैमा चुनौती पूर्ण हुँदाहुँदै पनि मानव कल्याण समाजले नेपाली मात्रैको साथ र सहयोगबाट स्थापनाको छोटो समयमा नै ७० जनालाई सेवा गरी २५ जनालाई पारीवारीक पुनर्मिलन गराउन सफल हुनु आँफैमा भक्तपुरको लागि गौरवको कुरा भएको र यसलाई जोगाउन सम्पूर्ण व्यक्ती तथा निकाय लाग्नुपर्ने साथै यसको स्थाईत्वको लागि स्थानिय सरकारले जोड दिनुपर्ने माग गर्नुभयो भने गैर सरकारी महासंघ जिल्ला शाखा भक्तपुरका अध्यक्ष सोम शर्मा बजगाइले सेवा घरले बेवारीसे मानवहरुको पहिचान गरी पारिवारीक पुनर्मिलन गराउने, सचेतना मुलक कार्यक्रम गरी सकेसम्म कुनै पनि व्यक्ती सडकमा आउने बातावरण बन्द गर्ने र कुनै व्यक्ती व्यवारीसे भईहालेमा उसलाई सेवा दिन स्थानिय निकायले नै स्वामित्व ग्रहण गरी स्थाईत्व प्रदान गर्नुपर्नेमा जोड दिनु भक्तपुरको आवश्यकता हो र गैर सरकारी महासंघ भक्तपुरको पुर्ण समर्थन रहेको जानकारी दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भक्तपुर जिल्ला आफैमा धार्मीक सांस्कृतिक सम्पदा र पर्यटकिय स्थलहरुले भरिपुर्ण हुदाहुदै पनि सडक तथा सार्वजनिक स्थलहरुमा बेवारिसे अवस्थामा रहेका सडक मानवहरुका कारण पर्यटकहरुले खेप्नुपरेको सास्ती र ती बेवारिसे मानवहरुले भोग्नुपरेको कष्ट प्रति कसैको ध्यान गएको थिएन तर मानव कल्याण समजले गरेको मानवीय कल्याणको कार्य सराहनिय भएको हुँदा मानव कल्याण समाजलाई चागुनारायणमा नै स्थाईत्व दिने प्रतिबद्दता व्यक्त गर्दै कार्यक्रमका सभापती चागुनारायण नगरका प्रमुख सोम मिश्रले मानव कल्याण समाज पारिवार र समाजकि सन्चालिका सुमित्रा चौलागाईलाई यस महान मानवीय कार्यमा सदैव अगाडि बढ्नका लागि नगरपालिका प्रेरणाको स्रोत बनेर सङ्गै रहने समेत बताउनु भयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com