मलेसियामा अब नेपालीसहित विदेशी कामदारले १३ वर्ष बस्न पाउने


प्रकाशित मिति : पुस ९, २०७५ सोमबार

मलेसियामा विदेशी कामदार अब १३ वर्षसम्म बस्न पाउने भएका छन् ।

यसअघि १० वर्षसम्म बस्न पाउने नियमलाई परिमार्जन गर्दै मलेसिया सरकारले १३ वर्षसम्म बस्न पाउने नियम ल्याएको हो । मलेसियाका मानव संशाधन मन्त्री एम कुला सेगरनले विदेशी कामदारको अस्थायी रोजगार अनुमति (पीएलकेस) प्रावधानलाई परिमार्जन गरेको जानकारी दिएका छन् ।

अहिले मलेसियामा रहेका विदेशी कामदारको दक्षतालाई ख्याल गर्दै गएको अगष्ट २९ मा मन्त्रिपरिषद्बाट भिसा नवीकरणसम्बन्धी यो निर्णय गरिएको हो । १० वर्ष बसिसकेपछि तीन वर्षको अवधि एकैपटक बढाउन भने पाइने छैन ।

‘यो अवधि धेरैमा तीन वर्ष बढाइएको हो, तर कामदारले बर्सेनि भिसा नवीकरण गर्नुपर्नेछ,’ मन्त्री कुला सेगरनको भनाई मलेसियन समाचार माध्यमले उद्धृत गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर त्यस्ता विदेशी कामदारले स्थायी बसोबास र मलेसियन नागरिकताका लागि भने आवेदन दिन पाउने छैनन् । समय थपेर बसे पनि रोजगारदाताले नै उनीहरुको वार्षिक १० हजार रिंगिट लेभी तिर्नुपर्नेछ ।

यो नियम लागू भएपछि मलेसियामा रहेका नेपालीलाई पनि फाइदा पुग्ने छ । मन्त्री कुला सेगरनका अनुसार यो नियम आउँदो असोज १५ अथवा अक्टोबर १ बाटै लागू हुनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com