जहा प्रेम बलियो हुन्छ,त्यहा प्रेमको कथा सत्य हुन्छ-‘रुमालै छ चिनो’
प्रकाशित मिति : पुस ९, २०७५ सोमबार
जहा प्रेम बलियो हुन्छ,त्यहा प्रेमको कथा सत्य हुन्छ-‘रुमालै छ चिनो’
चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।नेपाली लाउरेहरुको कथा बोल्ने यस ट्रेलरमा नायक सुशान्त कार्की इण्डियन लाउरेको भूमिकामा देखिएका छन् भने उनको जोडीको रुपमा नबनायिका अप्सना थापा छिन ।
यसभन्दा अघि यसै फिल्मको ‘ए माया’ बोलको पहिलो गित सार्वजनिक भएको थियो।कुनै बेला चर्चामा रहेको रेशम थापाको लोक गित ‘रुमालै छ चिनो’ बाट यस चलचित्रको नाम राखिएको हो। जुन गीतलाई लोक शैलीमा निर्माण गरिएको थियो।
चलचित्रको कथा बस्तु सबै रेशम थापाले नै लेखेका हुन् भने चलचित्रमा किशोर खतिवडा , संचिता लुइँटेल , सुशान्त कार्की , अफ्शाना थापा , रश्मी भट्ट , मिथिला शर्मा , सुरबीर पण्डित , लक्षमण बिक्रम बस्नेत , सुरज महरा , सन्ध्या खड्का लगायतका कलाकारहरुको अभिनय रहेको छ। ज्वती फिल्मसको ब्यानरमा बनेको यस चलचित्रलाई चन्द्र ब खड्का,दिपक ढकाल र राम पाण्डेले सयुक्त रुपमा लगानी गरेका छन् ।यस चलचित्रलाई निर्देशन दिनेश सिंह ठकुरी गरेका हुन् भने चलचित्र फागुन १० देखि प्रदशनमा आउदैछ ।






