महिला हिंसाका घटना नियन्त्रणमा सक्रिय हुन निर्देशन


प्रकाशित मिति : पुस ९, २०७५ सोमबार

सङ्घीय संसद्, प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिले महिला हिंसाका घटना नियन्त्रणमा सक्रिय हुन राष्ट्रिय महिला आयोगलाई निर्देशन दिएको छ ।

सिंहदरबारस्थित समितिको सभाकक्षमा आज बसेको समितिको बैठकले महिला हिंसाका घटना नियन्त्रण गर्न पहिलेदेखि नै प्रयास भएता पनि पछिल्लो समय झन बढ्दै गएकाले आफ्नो सक्रियता बढाउन आयोगलाई निर्देशन दिएको हो ।

समिति सभापति निरुदेवी पालले विद्यमान लैङ्गिक नीति, महिलासम्बन्धी पुराना नीति तथा कानून सङ्घीय व्यवस्थामैत्री बनाउन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र आयोगलाई निर्देशन दिएको जानकारी दिनुभयो ।

समितिले महिला आयोग ऐन, २०७४ को प्रभावकारी कार्यान्वयनका लागि नियमावली आवश्यक रहेको र हालसम्म नियमावली बन्न नसकेको अवस्थामा उक्त नियमावली जतिसक्दो चाँडो बनाएर कार्यान्वयनमा ल्याउन पनि मन्त्रालय र आयोगलाई निर्देशन गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

समितिले यसै आर्थिक वर्षभित्र सबै प्रदेशमा कार्यालय खोल्ने व्यवस्था मिलाउन पनि आयोगलाई निर्देशन दिएको छ ।

समितिका सदस्य लक्ष्मी परियार, गङ्गा चौधरी र हीरा गुरुङले मुलुकमा व्याप्त महिला हिंसाका घटना अन्त्य गर्नका लागि भएका कानूनको प्रभावकारी कार्यान्वयनसँगै जनचेतना फैलाउनु पर्नेमा जोड दिनुभयो । सोही अवसरमा आयोगका सचिव अनिलकुमार ठाकुरले आयोगको समग्र काम कारवाहीबारे जानकारी गराउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com