स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धामा २० सुझाव


प्रकाशित मिति : पुस ९, २०७५ सोमबार

पहिलो पटक सुरु गरिएको “स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा”का लागि अहिलेसम्म २० सुझाव परेको छ । काठमाडौँ महानगरपालिकाले पहिलो चरणका लागि ३२ दिनको समय अवधि निर्धारण गरी गत मङ्सिर २६ गतेदेखि सुरु गरेका प्रतिस्पर्धामा हालसम्ममा २० सुझाव प्राप्त भएको जनाइएको छ ।

काठमाडौँको समस्या पहिचान गरी निराकण, नवीन र प्रविधिमैत्री उपायको खोजी गर्न कामपाले “स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा, २०७५” सुरु गरेको हो । प्रतिस्पर्धाका लागि समुदाय तथा वातावरण, सहरी पूर्वाधार विकास, महानगरीय सामुदायिक सेवा र महानगरको सार्वजनिक प्रशासन तथा व्यवस्थापन गरी चार विषय समेटिएका छन् । विषयमा रही महानगरलाई थप समृद्ध बनाउन जो कोही व्यक्ति वा संस्थाले आफ्नो क्षमता देखाउन सक्नेछन् ।

कामपाले प्रतिस्पर्धाका लागि इमेल ठेगाना www.kathmanduchallenge.org मा लगअन गरी फाराम भर्न सकिने जनाएको छ । पहिलो चरणको फारामको ३२ दिनको समय दिइएको छ । कामपा सहरी योजना आयोगका सदस्य सचिव सरोज बस्नेतका अनुसार छनोट गरिएका सबै विषयमा सुझाव आउने क्रम जारी छ । प्रतिस्पर्धालाई विभिन्न छ चरणमा विभाजन गरी सम्पन्न गर्ने आयोजकको तयारी छ । सबै चरण समापन गर्न करिब छ महीनाको समय निर्धारण गरिएको पनि कामपाले जनाएको छ ।

नवीन सोचसहित विषयको आधारमा उत्कृष्ट ठहरिएका व्यक्ति वा संस्थालाई पुरस्कारको व्यवस्थासमेत गरिएको छ । प्रतिस्पर्धामा भाग लिन नेपाली नागरिकले विश्वको जुनसुकै स्थानमा रहेर पनि यसको फाराम भर्न सक्नेछ । सङ्कलन भएका सुझावहरूबाट काठमाडौँको समस्या समाधान गर्न ठूलो सहयोग पुग्ने विश्वास कामपाले लिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com