नेपाल राष्ट्र बैंकका केही उच्च अधिकारीहरुले १० रुपैयाको पोलिमर नोट छाप्नुअगावै कम्पनीबाट घूस लिएको तथ्य फेला परेको छ ।
अष्ट्रेलियन प्रहरीको अनुसन्धान र त्यस क्रममा अख्तियारमा बुझाइएको छानबिन प्रतिवेदनमा राष्ट्र बैंकका तत्कालीन नोट विभाग प्रमुख उपेन्द्रकेशरी पौड्यालले अस्ट्रेलियन डलर ७ हजार ७ सय ३५ बुझेको उल्लेख छ । रकम बुझ्न पौड्याल गोप्य रुपमा व्यक्तिगत भिसामा अस्ट्रेलिया गएर नोट प्रिन्टिङ लिमिटेडका पदाधिकारीलाई भेटेर फर्केको अख्तियार उच्च स्रोतले जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोलिमर नोट छपाइमा भ्रष्टाचार भएको भन्दै पूर्वगभर्नर तिलक रावलसहित तत्कालीन नोट विभाग प्रमुख पौड्याल र मे फ्लावर लिमिटेडका नेपाल एजेन्ट हिमालयबहादुर पाँडेविरुद्ध मुद्दा दायर समेत गरिसकेको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।