निर्मला हत्याप्रकरण : विशाल चौधरी रिहा, भन्छन् ‘मार्ने डर देखाएपछि आरोप स्वीकारेँ’


प्रकाशित मिति : पुस ८, २०७५ आईतबार

निर्मला पन्तको बलात्कार र हत्याप्रकरणको अनुसन्धानका लागि पक्राउ गरिएका विशाल चौधरीलाई प्रहरीले रिहा गरेको छ।

अनुसन्धानका लागि भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेका कञ्चनपुर भीमदत्त नगरपालिका १८ सालघारीका १६ वर्षीय विशाल चौधरीलाई शुक्रबार रिहा गरेको हो।

परिवारका सदस्यहरुलाई भने शनिबार मात्रै जिम्मा लगाइएको छ। प्रहरीले शुक्रबार बालबालिका खोजतलास समन्वय केन्द्रको जिम्मा लगाएर छोडेको थियो।

केन्द्रले शनिबार काठमाडौंबाट महेन्द्रनगर ल्याएर परिवारको जिम्मा लगाएको हो। ‘हिजो प्रहरीले हाम्रो जिम्मा लगाएर छोडेको थियो’, बालबालिका खोजतलास केन्द्रका कार्यक्रम सहायक सन्तोष चन्दले भने,‘आज बिहान प्लेनबाट ल्याएर हामीले परिवारको जिम्मा लगाएका छौं।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

शनिबार दिउँसो जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको रोहबरमा विशाललाई परिवारको जिम्मा लगाइएको हो। विशालका बुबा वीरवहादुर चौधरीले जिम्मा लिएका हुन्। ‘मेरो निर्दोष छोरालाई यति दिनसम्म हिरासतमा राखेर यातना दिइयो’,  वीरबहादुरले भने, ‘उसलाई हिरासतमा राखेर पनि डर देखाइएको रहेछ।’

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता डीएसपी कृष्णराज ओझाले शनिबार प्रहरी कार्यालयको रोहबरमा बालबालिका खोजतलास केन्द्रले परिवारको जिम्मा लगाएको बताए।

‘केन्द्रीय अनुसन्धान ब्यूरोले नै काठमाडौंमा राखेर अनुसन्धान गरिरहेको थियो’, उनले भने,‘अहिले अनुसन्धानपछि ब्यूरोले नै छोडेको हो।’

उनले अनुसन्धानमा प्रहरी सुक्ष्म रुपले नै लागिरहेको बताए। प्रहरीले विशाल चौधरी र हिरासतमै रहेका अर्का प्रदिप रावलको डीएनए परीक्षण समेत गरेको थियो।

डीएनएको रिपोर्ट नमिलेको यसअघि नै खबर बाहिरी सकेको छ। तर कञ्चनपुर प्रहरीले भने अहिलेसम्म रिपोर्ट आधिकारिक जिल्लासम्म नपुगेको जनाएको छ। प्रहरी स्रोतका अनुसार विशालको डीएनए नमिलेपछि उनलाई रिहा गरिएको हो।
कञ्चनपुरको भीमदत्त नगरपालिका १८ भगतपुरकै प्रदिप रावल भने केन्द्रीय अनुसन्धान ब्यूरोकै हिरासतमा रहेका छन्।
अनुसन्धानकै क्रममा काठमाडौंमा प्रदिप रावल पक्राउ परेपछि उनकै बयानका आधारमा मंसिर १९ गते कञ्चनपुरबाट विशाल चौधरीलाई समेत पक्राउ गरेर २० गते काठमाडौ पठाएको थियो।
साउन १० गते बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारा अझै पक्राउ पर्न सकेको छैन।

हत्या भएको ५ महिना पुग्नै लागेको छ। छोरीका हत्यारा सार्वजनिक गर्न माग राखेर निर्मलाका बुवाआमाले कात्तिक २५ गतेदेखि जिल्ला प्रशासन कार्यालयको बाहिर सुरु गरेको अनिश्चितकालीन धर्ना जारी छ।

‘डरत्रास देखाएपछि आरोप स्वीकारेँ’
निर्मला पन्तको बलात्कार र हत्या प्रकरणको अनुसन्धानका क्रममा पक्राउ परेका विशालले आफूलाई डरत्रास देखाएपछि आरोप स्वीकारेको बताएका छन्।

शुक्रबार रिहा भएपछि शनिबार महेन्द्रनगर पुगेका विशालले प्रहरीले मानसिक यातना दिएकै कारणले आफूले स्वीकार गरेको बताए। ‘प्रदिपले स्वीकारी सक्यो त पनि स्वीकार नत्र राम्रो हुन्न भनेर डर देखाइयो’, शनिबार प्रहरी कार्यालयमा पत्रकारमाँझ उनले भने,‘मारिदिन्छौ भन्ने जस्ता धम्कीले मलाई पनि डर लाग्यो र आरोप स्वीकारेको हुँ।’ उनले प्रहरीले कञ्चनपुरमै पक्राउ गरेपछि आफूलाई डर देखाएको बताए।

‘मलाई पुलिसमा जागिर लगाइदिने जस्ता पनि लोभ देखाए’, उनले भने, ‘काठमाडौंमा आँखामा कालोपट्टी र हातमा हतकडी लगाएर हिरासतमा राखियो।’ राति डियुटीमा रहने प्रहरीले बन्दुक देखाएर मार्दिन्छु भनेर धम्की समेत दिएको उनको आरोप छ।

साउन १० गते साँझपख विशाललाई प्रहरीले पक्राउ गरेको बताए पनि विशालले भने आफूलाई प्रहरीले १२/१ बजेतिर नै पक्राउ गरेको बताए। ‘मलाई कुखुरा चोरेको आरोपमा साउन १० गते दिउँसै पक्राउ गरिसकेको थियो’, उनले भने,‘साँझतिर त म सालघारीकै चौकीमा घास उखेल्दै थिए।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com