गौतम बुद्ध र पोखरा विमानस्थल लक्ष्यभन्दा अघि


प्रकाशित मिति : पुस ८, २०७५ आईतबार

विशेष गरी ठूला आयोजना समयमै सम्पन्न हुन नसकेर बारम्बार समय थपिरहनु पर्ने विषय नेपालमा नौलो होइन । दुई/तीन वर्षमै सम्पन्न हुनुपर्ने आयोजनाले दशक नाघेका उदाहरण पनि धेरै छन् तर दुईवटा निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाको प्रगति भने तोकिएको लक्ष्यभन्दा पनि अघि बढेको छ । अर्थात लक्ष्यको शत प्रतिशत प्रगति गरेर ती आयोजना उदाहरणीय बनेका छन् ।

निर्माणको जिम्मा पाएको चिनियाँ ठेकेदार र स्थानीय ठेकेदारबीचको नियमित विवादका कारण अन्योलमा परेको गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको कथा अहिले अर्कै छ । दिनरात धमाधम काम भइरहेको उक्त आयोजना अन्तर्गत अहिले कालोपत्रेको काम चलिरहेको छ ।

गत कात्तिक १४ मा शुरु भएको धावनमार्गको कालोपत्रेको काम छ महिनाभित्र पूरा हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको मन्त्रालय अन्तर्गतका आयोजनाको पहिलो चौमासिक समीक्षामा यसको भौतिक प्रगति उत्कृष्ट छ, वित्तीय प्रगति पनि अन्य आयोजनाको तुलनामा बलियो छ ।
मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म यसको भौतिक प्रगति ११० प्रतिशत पुगेको छ । वित्तीय प्रगति भने ३३ प्रतिशत रहेको छ ।

सन् २०१९ को अगस्टदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अहिलेसम्मकै भौतिक प्रगति ५८ प्रतिशत पुगेको छ । सञ्चालनको लक्ष्य अनुसार अबको आठ महिनामा बाँकी ४२ प्रतिशत काम पूरा गर्नुपर्ने जिम्मेवारी आयोजनालाई छ । त्यस्तै हालसम्मको यसको वित्तीय प्रगति भने ४० प्रतिशत मात्र पुगेको छ । प्राधिकरणले चालू आवमा यस आयोजनाका लागि छ अर्ब ८३ करोड रुपियाँ विनियोेजन गरेकोमा कात्तिकसम्म तीन अर्ब ३८ करोड रुपियाँ विनियोजन भइसकेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गौतमबुद्ध जस्तै कहिले ऋणको झमेला त कहिले निर्माण सामग्रीकै बन्दोबस्तीको अलमलमा परेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रगति पनि धेरै देखिन्छ । मन्त्रालयका अनुसार चालू आवको पहिलो चार महिनामा पोखरा विमानस्थलको भौतिक प्रगति शत प्रतिशत रहेको छ । वित्तीय प्रगति भने भौतिक प्रगतिको तुलनामा कम अर्थात २८ प्रतिशत मात्र रहेको मन्त्रालयको तथ्याङ्क छ ।

अहिलेसम्म पोखराको भौतिक प्रगति भने १८ प्रतिशत र वित्तीय प्रगति ३० प्रतिशत पुगेको छ । भौतिकभन्दा वित्तीय प्रगति धेरै हुने मन्त्रालयअन्तर्गतका गौरवका आयोजनामध्ये पोखरा एकमात्र आयोजना बनेको छ । प्राधिकरणले चालू आवमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि छ अर्ब ८० करोड रुपियाँ विनियोजन गरेको छ ।
त्यसमध्ये कात्तिकसम्म एक अर्ब रुपियाँ निकासा भएको प्राधिकरणले जनाएको छ । हाल उक्त विमानस्थलको धावनमार्गमा ‘स्लरी सिल’को काम पूरा भइसकेको र बाँकी ठाउँमा यसको काम जारी रहेको प्राधिकरणले जानकारी दिएको छ ।

मन्त्रालय आफैको विकास निर्माणको निम्ति हुनुपर्ने पुँजीगत प्रगतिको स्थिति भने त्यति उत्साहजनक नरहेको तथ्याङ्कले देखाएको छ । पहिलो चौमासिकसम्म केबल ९.१७ प्रतिशत मात्रै पुँजीगत खर्च भएको छ । चार महिनामा चालू खर्च भने ७३.२७ प्रतिशत पुगेको छ । वित्तीय खर्चको स्थिति ६९.६९ प्रतिशत रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com