जनताको बलिदानबाट प्राप्त संविधानलाई कमजोर पार्नु हुन्न : अध्यक्ष प्रचण्ड


प्रकाशित मिति : पुस ७, २०७५ शनिबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्षणिक उत्तेजनामा आएर जनताको बलिदानबाट प्राप्त संविधानलाई कमजोर पार्ने खेल खेल्न नहुने बताउनुभएको छ ।

प्रकाश विकल्पको ‘देश किन बनेन’ पुस्तकको आज यहाँ विमोचन गर्दै उहाँले सङ्कीर्ण स्वार्थका कारण संविधानबाट निर्मित प्रणाली र संरचनालाई कमजोर पार्ने भूल कसैले पनि गर्न नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “राष्ट्रिय एकता र सहमतिबाट बनेको संविधानलाई कमजोर पार्ने अभ्यास भइरहेको छ, संविधानका आधारस्तम्भका रुपमा रहेका गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिक प्रणाली र सङ्घीयतालाई असफल पार्ने दुश्प्रयास मुलुकका लागि भयानक गल्ती ठहरिनेछ ।”

जनताको समृद्धिको आकाङ्क्षा पूरा गर्न सरकार क्रियाशील रहेको बताउँदै पूर्वप्रधानमन्त्री दाहालले विकास र समृद्धिमार्फत जनतालाई सामाजिक न्याय प्रदान गर्न सम्पूर्ण ताकतलाई त्यसतर्फ केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँले भन्नुभयो, “देशलाई समृद्धिको युगतर्फ लैजाने सकिने सम्भावना प्रशस्त छन्, हामी एक दशकभित्र नयाँ आकारको नेपाल बनाउन सकिन्छ भन्ने निष्कर्षमा पुगेका छौँ ।

नेपालीको ज्ञान, सीप, प्रकृतिले समृद्ध नेपाल बनाउने सामग्री प्रदान गरेको छ ।” उहाँले संविधान कार्यान्वयन र समृद्धिका यात्रामा देखिएका कमीकमजोरी सच्याउँदै जनआकाङ्क्षाअनुसार अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मुलुकमा नयाँ प्रणालीसहितको सरकार गठन भएको उल्लेख गर्दै अध्यक्ष दाहालले सरकार सञ्चालनका क्रममा केही जटिलता देखिएपनि त्यसलाई हल गरेर अगाडि बढ्ने प्रष्ट्याउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com